images

२०८३ आश्विन २१ गते

images
images
images
  • स्वास्थ्य
  • आजदेखि हार्दिक आईभीएफ सेन्टरमा निःशुल्क...

आजदेखि हार्दिक आईभीएफ सेन्टरमा निःशुल्क आई.यु.आई सेवा सुरु

आजदेखि हार्दिक आईभीएफ सेन्टरमा निःशुल्क आई.यु.आई सेवा सुरु

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • काठमाडौं । हार्दिक आई.भी.एफ सेन्टर सिनामंगलले यही चैत १० गतेदेखि निःशुल्क इन्ट्रायुटेरिन इन्सेमिनेसन (आई.यु.आई.) सेवा सुरु गरेको छ । यससम्बन्धी निःशुल्क सेवा नयाँ वर्ष २०८२ सालको वैशाख ३१ गतेसम्म चल्ने छ ।आर्थिक समस्याका कारण उपचार नपाएर सन्तान सुखबाट बञ्चित दम्पतीलाई लक्षित गरी नयाँ वर्षको अवसर पारेर निःशुल्क आई.यु.आई. सेवा सुरु गरिएको हो ।

    images
    images

    बाँझोपनको उपचारका लागि आई.यु.आई. प्रभावकारी उपचार प्रद्धति मानिन्छ । यो पद्धतिमा विशेष विधिबाट तयार पारिएका शुक्रकिटलाई महिलाको पाठेघरभित्र राखिने भएकाले गर्भधारणको सम्भावना धेरै रहने चिकित्सकहरु बताउँछन् । पुरुषमा शुक्रकिटको संख्यामा कमी भएमा वा कमजोरी भएमा, अस्पष्ट बाँझोपनको समस्या भएमा र महिलाको प्रजनन समस्या भएमा आई.यु.आर्ई उपचार पद्धति प्रभावकारी मानिन्छ ।

    नेपालमा आई.यु.आई. उपचारको औसत खर्च १५ देखि २० हजारसम्म पर्ने भएपनि हार्दिक आई.भी.एफ. सेन्टर सिनामंगलले निःशुल्क गर्न लागेको हो । आई.यु.आई.उपचार गर्दा गर्भधारणको सफलता दर २० देखि २५ प्रतिशतसम्म रहने विश्वास छ ।शिविरमा हार्दिक आईभीएफका अनुभवी डाक्टरहरूले निःशुल्क परामर्श र प्रारम्भिक स्वास्थ्य परीक्षण गरी आई.यु.आई. उपचार प्रदान गर्नेछन् ।

    images
    images

    सिनामंगलस्थित हार्दिक आई.भी.एफ सेन्टर क्रिस्टल कम्प्लेक्समा सञ्चालन हुनेछ । आई.यु.आई सेवा लिन चाहनेले ०१५९१७९८२ वा ९८०२३५२८११ र ९७०९१३९१८० मा फोन गरी नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । अग्रिम नाम दर्ता गराउनेलाई मात्र यो निःशुल्क सेवा उपलब्ध गराइने आई.भी.एफ सेन्टरले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend