images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • राष्ट्रियसभाको बैठक आज बस्दै के के...

राष्ट्रियसभाको बैठक आज बस्दै के के छन् कार्यसूची

राष्ट्रियसभाको बैठक आज बस्दै के के छन् कार्यसूची

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • काठमाडौंः राष्ट्रियसभाको बैठक आज (आइतबार्) बस्दै । बैठक अपराह्न १२ः १५ बजे बस्न लागेको हो ।

    images
    images

    आजको बैठकका सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गरेका ‘प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव माथि छलफल गरिने कार्यसूचीमा छ ।

    यस्तै महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    images
    images

    बैठकमा उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विधेयकहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend