images

२०८३ आश्विन २४ गते

images
images
images
  • अर्थतन्त्र
  • स्मार्टफोन, हेडफोन र चार्जर किन्दा नेपालबाट...

स्मार्टफोन, हेडफोन र चार्जर किन्दा नेपालबाट बाहिरियो ३१ अर्बभन्दा बढी

स्मार्टफोन, हेडफोन र चार्जर किन्दा नेपालबाट बाहिरियो ३१ अर्बभन्दा बढी

images
images
आइतवार, श्रावण १३ २०८१
आइतवार, श्रावण १३ २०८१
  • काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब साढे ३१ अर्ब रुपैयाँभन्दा बढी बाहिरिएको छ। 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा स्मार्टफोन छ।

    गत आवमा स्मार्टफोन आयातमा मात्र २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार रुपैयाँ बराबर बाहिरिएको हो । यस अवधिमा १८ लाख ३९ हजार ३५ सेट स्मार्टफोन नेपाल भित्रिएका छन् । स्मार्टफोनको आयात सरकारले ५ अर्ब ३३ करोड ९४ लाख बराबर भन्सार राजस्व उठाएको पनि विभागको तथ्याङ्कबाट देखिन्छ। 

    images
    images

    गत आवमा १ अर्ब ४२ करोड ९० लाख ८५ हजार रुपैयाँ बराबरको १७ लाख ५८ हजार छ सय ९० सेट टेलिफोन आयात भएका छन् । त्यस्तै, हेडफोन आयातमा मात्र ६५ करोड ९३ लाख २८ हजार रुपैयाँ विदेशिएको छ । एक वर्षमा २९ लाख ९६ हजार दुई सय २९ वटा हेडफोन आयात गर्दा सरकारले २१ करोड ९ लाख २३ हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन गरेको छ । 

    गत आवमा मोबाइल ५० करोड ७१ लाख ६३ हजार रुपैयाँ बराबरको ४३ लाख ८२ हजार आठ सय ३९ वटा चार्जर आयात भएको छ। चार्जर आयातबाट मात्र १५ करोड ५७ लाख १० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। गत आवमा ३५ करोड ५१ लाख ४८ हजार रुपैयाँ बराबरको २ लाख ३९ हजार ६ सय ६९ वटा स्मार्टवाच आयात भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend