images

२०८३ आश्विन २४ गते

images
images
images

रसुवागढी नाकाबाट ६५ अर्बको सामान आयात, १९ अर्बका सवारीसाधन

रसुवागढी नाकाबाट ६५ अर्बको सामान आयात, १९ अर्बका सवारीसाधन

images
images
आइतवार, श्रावण १३ २०८१
आइतवार, श्रावण १३ २०८१
  • रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३ लाख रुपैयाँ बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ ।
           
    आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रवर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता तयार गर्ने सामग्री, स्याउ, लसुन ओखरलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी दिए । 
             
    निर्याततर्फ भने एक अर्ब ९६ करोड १८ लाख बराबरको तामाका भाँडाकुँडा, गलैँचा, चाउचाउ, नुड्लर्स, पास्ता, जडीबुटी, आल्मोनियमका भाँडाकुँडा, पछ्यौरा, सल, दोसल्ला, बुक व्यान्डिङका कपडा, तयारी कपडा समेत एक अर्ब ९६ करोड १८ लाख बराबरका सामग्री छन् । आयात भएका सामानको परिमाण घटाई विवरण बुझाउने व्यापारीलाई कानुनबमोजिम जरिबाना गर्ने गरिएको उनले बताए ।  

    images
    images

    गत आवमा कम परिमाण देखाउने व्यापारीबाट ६१ करोड ६० लाख जरिबाना गरिएको प्रमुख भन्सार अधिकृत पाठकले जानकारी दिए । बस, कार, ट्रक, टाइसाइकल, भ्यानसमेतका सवारीसाधन आयात भएका थिए ।

    गत आवमा सात हजार ३७७ चिनियाँ सवारीसाधन आयात भएका थिए । सोमध्ये ३४५ इन्धनबाट चल्ने र सात हजार ३२ वटा भने विद्युतीय सवारीसाधन रहेको अभिलेखकर्ता कम्प्युटर अधिकृत निर्मल कँडेलले बताए । 
     
    गत वर्ष आयात भएका सवारीसाधनको मूल्य १९ अर्ब ५७ करोड ४५ लाख रहेको भन्सारको तथ्यांकमा उल्लेख छ । आव २०७९/०८० मा एक हजार ७०० मात्र सवारीसाधन आयात भएका थिए । आव २०८०/०८१ को भन्सार शुल्क, जरिबाना, भ्याट समेतको २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार असुल भई राज्यकोषमा दाखिला भएको भन्सार कार्यालयले जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend