images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • सबा २० अर्ब खर्चेर एमए पावरले...

सबा २० अर्ब खर्चेर एमए पावरले मर्स्याङदी नदी हाइड्रो बनाउने

सबा २० अर्ब खर्चेर एमए पावरले मर्स्याङदी नदी हाइड्रो बनाउने

images
images
शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • काठमाडौं । एमए पावर प्रालिले २० अर्ब २५ करोड रुपैयाँ लगानीमा ९० मेगावाटको  मर्स्याङदी नदी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।

    images
    images

    प्रतिमेगावाट २२ करोड ५० लाख रुपैयाँ  खर्चे कम्पनीले यो आयोजना बनाउन लागेको हो । प्रस्तावित आयोजना तनहुँको भानु नगरपालिका र बन्दिपुर गाउँपालिका, लमजुङको राइनास नगरपालिका र गोरखाको पालुङटार नगरालिकाम रहेको मर्स्याङदी नदीमा निर्माण हुनेछ ।  यो आयोजनाको अध्ययन भइसकेको छ । अहिले वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन तयार पारेर स्वीकृतिको प्रक्रियामा छ । वन तथा वातावरण मन्त्रालयले स्वीकृति दिने अन्तिम तयारी गरेको छ ।

    प्रतिवेदन स्वीकृति भएपछि निर्माणको बाँकी प्रक्रिया अघि बढाउने तयारीमा कम्पनी छ । निर्माण थालेको ५ वर्षमा व्यवसायिक उत्पादन गर्ने लक्ष्य छ । यो अर्ध-जलाशय प्रकृतिको जलविद्युत् आयोजना हो । आयोजनाको पिकिङ आवर १ घण्टा छ । प्रस्तावित आयोजनाको ग्रस हेड ९४.२० मिटर र नेट रेटेड हेड ८५.६४ मिटर छ ।प्रस्तावित आयोजनाको ५४८.९५ गिगावाट आवर वार्षिक उत्पादन गर्नेछ ।

    images
    images

    हेडरेस  टनेल ११.९ किमी  तथा  पेनस्टक पाइपको लम्बाई ९७० मिटर  र आन्तरिक व्यास ६.५ मिटर छ । यस आयोजनाबाट उत्पादित विद्युत २२० केभी सिंगल सर्किट विदयुत प्रसारण लाइन मार्फत ११.६ किमीको दुरीमा अवस्थित नेपाल विद्युत प्राधिकरणको मार्किचोक सबस्टेसनमाजडान गरी राष्ट्रिय प्रसारण ग्रीडमा समाहित गरिनेछ ।प्रस्तावित आयोजनाको मुख्य प्रवेशद्धारको रुपमा पृथ्वी रजमार्गा अवस्थित डुम्रे बजारमा रहेको छ  काठमाडौंबाट  करिब १३६ किमी दुरीमा अवस्थित छ । डुम्रे बजारबाट करिब १९ किमो दुरीमा बाइसजंगगार बजार छ ।

    प्रस्तावित अयोजनाको हेडवर्क्स क्षेत्र बजाइसजंगार बजारबाट करिब १ किमीमा पर्छ ।आयोजनाका लागि ४४.८८ हेक्टर वन क्षेत्रको  जग्गा आवश्यक छ । जसमध्ये २३.९६ हेक्टर स्थायी रुपमा र २०.९२ अस्थायी रुपमा प्रयोग गरिनेछ  । उक्त जग्बाट कुल ३ हजार ४८ वटा विभिन्न प्रजातिका रुखहरु काटिनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend