images

२०८३ आश्विन २१ गते

images
images
images

चैत १२ गतेदेखि काठमाडौं महानगरले क्यान्सरको निःशुल्क परीक्षण गर्ने

चैत १२ गतेदेखि काठमाडौं महानगरले क्यान्सरको निःशुल्क परीक्षण गर्ने

images
images
शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • काठमाडौं ।काठमाडौं महानगरपालिकाले चैत १२ गतेदेखि स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण र प्रारम्भिक उपचार गर्ने भएको छ ।

    images
    images

    स्वास्थ्य विभागले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालसँगको सहकार्यमा वैशाख १२ गतेसम्म एक महिना परीक्षण र उपचार सञ्चालन गर्नेछ ।

    महानगरका अनुसार परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर विवरण टिपाउनुपर्छ । यसरी विवरण टिपाएपछि केन्द्रबाट रेफरल टिकट प्राप्त हुन्छ । यो टिकट लिएर वीर अस्पताल सर्जिकल भवनको भुईँ तलामा गएर जँचाउन सकिन्छ ।

    images
    images

    स्वास्थ्य प्रवर्धन केन्द्रबाट रेफरल स्लिप लिनु पर्नाको कारण बारे कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्ट भन्छिन्, ‘स्वास्थ्य प्रवर्धन केन्द्रमा टिपिएका विवरण जाँच गर्ने ठाउँमा हेर्न सकिने भएकोले जँचाउने ठाउँमा नाम दर्ता गर्न लाइनमा बस्नु नपरोस् । जाँच प्रक्रिया सहज होस् भनेर आफू नजिकैको केन्द्रबाट नाम टिपाउने प्रबन्ध गरिएको हो ।’

    परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ । प्रारम्भिक जाँचका क्रममा शंका लागेमा अल्ट्रासाउन्ड गरिन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ । पाठेघरको मुखको क्यान्सरका लागि ३० वर्षदेखि ६० बर्ष उमेर समूहका सबै महिलाको एचपिभी डीएनए पिसिआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिन्छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend