images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • नेपालमा ओमोडा एन्ड जेइकोले मनायो...

नेपालमा ओमोडा एन्ड जेइकोले मनायो पहिलो वार्षिकोत्सव, यस्तो छ अफर

नेपालमा ओमोडा एन्ड जेइकोले मनायो पहिलो वार्षिकोत्सव, यस्तो छ अफर

images
images
शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • काठमाडौं । एसपिजी अटोमोबाइल्सले नेपालमा 'ओमोडा एन्ड जेइको'को प्रिमियम अटोमोटिभ ब्रान्डको रूपमा स्थापित गर्दै नेपालमा पहिलो वार्षिकोत्सव मनाएको छ।ग्राहक, व्यवसाय साझेदार, तथा मिडिया प्रतिनिधिहरूलाई एकसाथ ल्याउँदै काठमाडौंको सिल्भर ओकमा बिहीबार पहिलो वार्षिकोत्सव समारोह आयोजना गरेको हो।

    images
    images

    वार्षिकोत्सव समारोहमा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, शारडा ग्रुपका निर्देशक गौरव शारडा, शारडा ग्रुपका निर्देशक सन्दीपकुमार शारडा, एसपिजी अटोमोबाल्सका जनरल म्यानेजर ज्ञानेन्द्रबहादुर चन्दको उपस्थिति रहेको थियो।समारोहलाई सम्बोधन गर्दै शारडा ग्रुपका निर्देशक गौरव शारडाले भने, 'ओमोडा एन्ड जेइकोले छोटो समयमै नेपाली आम ग्राहकको मन जित्न सफल भएको छ। यो सफलता ग्राहकहरूले हामीप्रति गरेको असीम विश्वास हो, यस विश्वासलाई आत्मसात् गर्दै सधैँ गुणस्तरीय सेवा उपलब्ध गराउन ओमोडा एन्ड जेइको परिवार प्रतिबद्ध छ।'

    वार्षिकोत्सव समारोहमा, एसपिजी अटोमोबाइल्सले विगत एक वर्षदेखि नेपाली बजारबाट प्राप्त साथको लागि कृतज्ञता व्यक्त गर्‍यो।साथै कम्पनीले सन् २०२५ मा प्रिमियम र लामो दुरीको विद्युतीय एसयुभीको लाइनअपमा, जेइको जे–फाइभ र जेइको भि–ट्वेन्टी–थ्रिलाई जोड्दै नेपालमा सार्वजनिक गर्ने योजना पनि साझा गर्‍यो।

    images
    images

    साथै पहिलो वार्षिकोत्सवको अवसरमा एसपिजी अटोमोबाइल्सले नयाँ ग्राहकहरूका लागि वार्षिकोत्सव विशेष अफर पनि घोषणा गरेको छ।अफरमा ५५ लाख ९९ हजारबाट सुरू हुने ओमोडा एन्ड जेइको सवारी साधनहरू ५ लाख १५ हजारसम्मका विभिन्न फाइदाहरू, १ वर्षको निःशुल्क बीमा र निःशुल्क ७ किलोवाटको चार्जर समावेश छन्।साथै, ग्राहकहरूले ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको लामो वारेन्टीका साथै १ वर्षको निःशुल्क सडक करबाट लाभ उठाउन सक्नेछन्।

    २०२४ को फेब्रुअरीमा नेपाली बजारमा सार्वजनिक भएदेखि ओमोडा एन्ड जेइकोले बजारमा ८०० भन्दा बढी युनिट बिक्री गरी छोटो समयमा नै सफल र बलियो पकड स्थापना गरेको छ।ओमोडा एन्ड जेइकोले नवीनता, प्रविधि र डिजाइनको उत्कृष्ट सङ्गम प्रस्तुत गर्दै नेपाली बजारका ग्राहकहरूलाई आकर्षण गर्न र 'प्रिमियम मोडिलिटी'लाई पुनः परिभाषित गर्न सफल भएको बताइएको छ।

    हाल एसपिजी अटोमोबाइल्सले ४३० किलोमिटर रेन्ज दिने ओमोडा इ–फाइभ र ४०० किलोमिटर रेन्ज दिने जेइको जे–सिक्स अफरोड एसयुभीको गाडी बिक्री गर्दै आएको छ।ओमोडा एन्ड जेइकोको देशभर १७ वटा सोरुम तथा ३० भन्दा बढी चार्जिङ स्टेसन निर्माण भइसकेको बताइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend