images

२०८३ आश्विन २१ गते

images
images
images

डा. प्रमोदकुमार यादव गेटा अस्पतालको निर्देशकमा नियुक्त

डा. प्रमोदकुमार यादव गेटा अस्पतालको निर्देशकमा नियुक्त

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौं । कैलालीस्थित गेटा अस्पतालको निर्देशकमा डा. प्रमोदकुमार यादव नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णय गरी डा. यादवलाई गेटा अस्पतालको निर्देशक नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।

    images
    images

    यादव यसअघि राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट समेत रहेका थिए । उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १०औं तहमा कार्यरत छन् ।

    डा. यादवले प्रादेशिक अस्पताल जनकपुरको समेत नेतृत्वमा रहेर काम गरिसकेका छन् । गेटा अस्पतालमा यसअघि डा.अशोक श्रीपाइली निर्देशक थिए। उनले गत माघमा पदबाट राजीनामा दिएपछि निर्देशकको पद रिक्त थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend