images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • प्रतिनिधि सभाको बैठक आज ११ बजे,...

प्रतिनिधि सभाको बैठक आज ११ बजे, प्रश्नको जवाफ दिदै प्रधानमन्त्री केपी शर्मा ओली

प्रतिनिधि सभाको बैठक आज ११ बजे, प्रश्नको जवाफ दिदै प्रधानमन्त्री केपी शर्मा ओली

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौंः प्रतिनिधि सभाको बैठक बिहीबार बस्ने भएको छ। बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

    images
    images

    आजको बैठकमा प्रधानमन्त्री सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको छ। सांसदहरूले गरेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने कार्यसूची रहेको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम संसद् सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिन लागेका हुन्। 

    त्यस्तै बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल र निर्णयका लागि प्रस्तुत गर्नेछन्। 

    images
    images

    पुन अर्थमन्त्री पौडेलले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेलगायत बैठकको कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend