images

२०८३ आश्विन २१ गते

images
images
images

जनस्वास्थ्य निरीक्षक थापालाई निक साइमन्स अवार्ड

जनस्वास्थ्य निरीक्षक थापालाई निक साइमन्स अवार्ड

images
images
बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • काठमाडौं । जनस्वास्थ्य निरीक्षक रविन थापालाई ‘निक साइमन्स अवार्ड – २०२४’बाट सम्मान गरिएको छ। ग्रामीण क्षेत्रमा रहेर उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई दिइने उक्त अवार्ड धादिङको ज्वालामुखी गाउँपालिकास्थित ढोला स्वास्थ्य चौकीमा कार्यरत थापालाई प्रदान गरिएको हो।

    images
    images

    मंगलबार राजधानीमा आयोजित १३ औँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलनको उदघाटन समारोहमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले थापालाई उक्त अवार्ड प्रदान गरेका हुन्। तीन दिनसम्म चल्ने सम्मेलन स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र र निक साइमन्स इन्स्टिच्युटको संयुक्त आयोजनामा भएको हो।

    निक साइमन्स अवार्ड-२०२४ को उत्कृष्ट ५ मा थापा सहित, सिअहेव हरिकृष्ण जोशि दार्चुला, अनमी गंगा दाहाल खोटाङ, सिअहेव कमल कुमार भण्डारी दैलेख, र सिअहेव अमर बहादुर सहकारी, कालिकोट रहेका थिए। पाँचै जनालाई प्रमाणपत्रसहित सम्मान गरिएको छ।

    images
    images

    अवार्डका लागि निक साइमन्सले इच्छुक स्वास्थ्यकर्मीहरुलाई ग्रामीण क्षेत्रमा आफूले गरेको कार्यविवरण सहित आवेदन दिन सार्वजनिक सूचना जारी गरेको थियो। सूचना अनुसार अवार्डका लागि २५ जनाले आवेदन दिएका थिए। जसमध्ये १७ जनाको आवेदन मात्रै छनोटमा परेका थिए।

    अवार्ड छनोट समितिले १७ जनामध्ये पाँच जनालाई उत्कृष्ट पाँचमा छनौट गरि अन्तिम प्रतिस्पर्धामा उतारेको थियो। तालिम केन्द्रकी निर्देशक यसोदा अर्यालको संयोजकत्वमा पाँच सदस्यीय समितिले अवार्डका लागि स्वास्थ्यकर्मी छनौट गरेको थियो।

    कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले ग्रामिण भेगमा स्वास्थ्य सेवाको पहुँच बढाउन, जनशक्ति, तालिम तथा उपकरण लगायतका सहयोग उपलब्ध गराएको भन्दै निक साइमन्स इन्स्टिच्युटलाई विशेष आभार व्यक्त गरे।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend