images

२०८३ आश्विन १९ गते

images
images
images
  • पूर्वाधार
  • बेनीघाट–आरुघाट- लार्के सडकको ४२ किलोमिटर मार्ग...

बेनीघाट–आरुघाट- लार्के सडकको ४२ किलोमिटर मार्ग खुल्यो

बेनीघाट–आरुघाट- लार्के सडकको ४२ किलोमिटर मार्ग खुल्यो

images
images
बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • काठमाडौं । जिल्लालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट–आरुघाट लार्के सडकको हालसम्म ४२ किलोमिटर मा ट्रयाक (मार्ग) खुलेको छ। ३६ किलोमिटरमा सवारीसाधन चल्न थालेका छन् ।

    images
    images

    नेपाली सेनाको सडक निर्माण कार्यदलका सेनानी पूर्णचन्द्र ढकालका अनुसार, नेपाली सेनाले मार्ग खुलाएको ४२ किलोमिटरमध्ये ३६ किलोमिटरसम्म मोटर चल्न थालेको छ।चुमनुब्री गाउँपालिका–३ पेवासम्म मार्ग खनिएको छ।

    पाङसिङसम्म मोटर पुगेको छ।मार्ग खनेपछि बाटो सफा नगरेकाले बाँकी सात किलोमिटर खण्डमा गाडी चलाउन नसकिएको उनले बताए।  बेनीघाट, आरुघाट, लार्के सडकको एक सय ५४ किलोमिटरमध्ये हावाडाँडाबाट ९२ किलोमिटर सडकको काम नेपाली सेनाले गरेको हो।

    images
    images

    ठूला पहरा र कडा चट्टान भएकाले विस्फोटनको काम गर्न सडक विभागले सो खण्डको काम गर्ने जिम्मा सेनालाई दिएको हो। चीनको सीमा लार्के भन्ज्याङसम्मको एक सय ५४ किलोमिटर खण्डमध्ये बेनीघाटबाट हावाडाँडासम्मको ६२ किलोमिटरसम्मको काम भने गोरखा सडक योजना कार्यालयले गरेको हो।सेनाले मार्ग खोलेर गाडी चल्न सक्ने बनाएको दोभानसम्मको खण्ड पनि गोरखा सडक योजना कार्यालयलाई हस्तान्तरण गरेको छ ।

     सडक योजना कार्यालय र सेनाले निर्माण गरेको गरी जम्मा ९७ किमी खण्डमा सवारीसाधन चल्न थालेका छन्।बर्खाका बेला पनि सवारीसाधन आवागमन गर्न सजिलोका लागि नेपाली सेनाले माछीखोलामा बेलीब्रिज निर्माण गरेको सेनानी ढकालले जानकारी दिए।उनका अनुसार यो आर्थिक वर्ष दुई किलोमिटर ट्रयाक खन्नका लागि नेपाल सरकारबाट रु सात करोड विनियोजन भएको छ।विनियोजित बजेटअन्तर्गत गर्नुपर्ने काम लगभग सकिएको उनले बताए। 

    'दुई किलोमिटर ट्रयाक खन्ने काम अन्तिम चरणमा छ, यही चैतभित्र सकिन्छ,' सेनानी ढकालले भने, 'यो वर्ष ट्रयाक खन्न रु सात करोड आएको थियो।त्यो बजेटले गर्नुपर्ने काम लगभग गरिसक्यौं।'यो वर्ष पाङसिङ भिर, न्याक फेदी, रूविनाला र पेवा भिर गरी चार खण्डमा ब्लाष्टिङ गरी ट्रयाक खोल्ने काम गरेको उनले बताए।बेनीघाटबाट आरुघाट हुँदै आर्खेतसम्म सडक निर्माणको काम २०५२ सालमा सुरु भएको थियो।

    आर्थिक वर्ष २०६३/६४ मा बेनीघाट आरुघाट लार्केभञ्ज्याङ सडक नामकरण गरिएको थियो।आव २०६६/६७ मा मात्र उक्त सडक निर्माण सुरु भएको थियो।तर हावाडाँडाबाट एक किलोमिटर क्षेत्र कडा चटानयुक्त भिर रहेकाले पाँच वर्षसम्म ट्रयाक खोल्ने काम अगाडि बढ्न सकेन ।कठिन मानिएको ९२ किमी खण्डको काम गर्न सडक विभागले २०७४ वैशाखमा नेपाली सेनालाई हस्तान्तरण गरेको हो।

     विसं २०७३ मङ्सिरमा मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि नेपाली सेनाले २०७४ वैशाखदेखि काम सुरु गरेको थियो।उक्त सडक धार्चे गाउँपालिकाको लापुबेँसी, माछाखोला, जगत हुदै चुमनब्री गाउँपालिकाको सिर्दिबस, बिही, प्रोक, सामागाउँ, साम्दो हुँदै चीनको सीमा लार्केभञ्ज्याङ जोडिने छ।उक्त सडकलाई उत्तरी गोरखाको लाइफ लाइनका रूपमा हेरिएको छ ।

    रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend