images

२०८३ आश्विन २४ गते

images
images
images

नयाँ मौद्रिक नीति सार्वजनिक : बैंकदर र नीतिगत दर घट्यो

नयाँ मौद्रिक नीति सार्वजनिक : बैंकदर र नीतिगत दर घट्यो

images
images
अर्थ समाचार
शुक्रवार, श्रावण ११ २०८१
अर्थ समाचार
शुक्रवार, श्रावण ११ २०८१
  • काठमाडौँ -आर्थिक वर्ष ०८१/८२ को मौद्रिक नीति सार्वजनिक भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिएको जानकारी दिए। 

    images
    images

    ५ प्रतिशतको हाराहारी मूल्यवृद्धि दरको लक्ष्य छ । सात महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति कायम राख्ने उल्लेख छ ।

    बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत कायम राखिएको छ । नीतिगत दरलाई ५.५ बाट ५ प्रतिशतमा झारिएको छ । 

    images
    images

    अनिवार्य नगद मौज्दातको व्यवस्थालाई निरन्तरता दिएको छ । अर्थतन्त्रमा मुद्रास्फीति लक्षित सीमामा रहेको र बाह्य क्षेत्रमा सुधार भएको उनले जानकारी दिए ।

    ‘भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव पर्यो’ 

    कोरोना महामारीका कारण भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव परेको बताएका छन् । 

    यसबाहेक रुस युक्रेन युद्धका कारणले समेत नेपालमा मूल्यवृद्धिको कारण बनेको अधिकारीले बताए । विश्व बजारमा मूल्यवृद्धि कोरोना महामारीअघि पुग्न लागेको गर्भनर अधिकारीले बताएका छन् ।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend