images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • वीरगञ्ज सुक्खा बन्दरगाहमा 'ट्यांक कन्टेनर' आउन...

वीरगञ्ज सुक्खा बन्दरगाहमा 'ट्यांक कन्टेनर' आउन सुरू

वीरगञ्ज सुक्खा बन्दरगाहमा 'ट्यांक कन्टेनर' आउन सुरू

images
images
मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • काठमाडौं । वीरगञ्ज सुक्खा बन्दरगाहमा ट्यांक कन्टेनर आउन थालेको छ।गत आइतबार पहिलो पटक कच्चा तेल बोकेको कन्टेनर रेल सुक्खा बन्दरगाहमा आएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए।

    images
    images

    'हामीले यसै वर्षबाट कोइरालाको व्यवस्थापन गर्न सुरू गर्‍र्यौं र अब कच्चा तेलको व्यवस्थापन पनि सुरू गरेका छौं,' उनले भने, 'बन्दरगाहरूको क्षमता वृद्धि गर्नुका साथै आधुनिकीकरण पनि गरिरहेका छौं।'ट्यांक कन्टेनरको सेवा सुरू भएपछि नेपालको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा थप टेवा पुग्ने उनको भनाइ छ। 

    बारा, जीतपुरको खाने तेल उत्पादक उद्योग, शिवशक्ति प्रालिले खरिद गरेको सोयाविन तेलको कच्चा पदार्थ (कच्चा तेल) बोकेको ट्यांक कन्टेनर सुक्खा बन्दरगाहमा आएको हो। सडक मार्गबाट मात्र ढुवानी हुँदै आएको कच्चा तेल रेलबाट ढुवानी गर्दा सडकमार्गको तुलनामा ढुवानी भाडामा औसत १५ प्रतिशत बचत हुने अनुमान छ। 

    images
    images

    सन् २००४ देखि सञ्चालनमा आएको वीरगञ्ज सुक्खा बन्दरगाहमा सुरूमा कन्टेनर, बल्क, ब्रेकबल्क कार्गो मात्र आउने गरेकोमा गत वर्ष असारदेखि लुज कार्गो (कोइला) आउन थालेको थियो। अहिले सुक्खा बन्दरगाहमा कच्चा तेल समेत आउनु सुरू गरे पश्चात वीरगञ्ज नाकाबाट रेलमार्फत हुने व्यापारिक कारोबारमा अझै वृद्धि हुने भएको छ।

    ट्यांक कन्टेनर पूर्णरुपमा सिल भएर आउने भएकोले बाटोमा तेल चोरीका घटना न्यूनीकरणमा सहयोग पुग्नेछ। त्यस्तै, सडक मार्गबाट ढुवानी गर्दा पर्याप्त ट्यांकर नपाइने समस्या समेत समाधान भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend