images

२०८३ आश्विन २१ गते

images
images
images

चीनले उत्पादन गर्‍यो क्यान्सरको नयाँ औषधि

चीनले उत्पादन गर्‍यो क्यान्सरको नयाँ औषधि

images
images
मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • काठमाडौं । चिनियाँ कम्पनीले विकास गरेको नयाँ क्यान्सर औषधिले विश्वव्यापी ध्यान खिचेको छ । अकेसो कम्पनीका अध्यक्ष मिशेल सियाका अनुसार कम्पनीको नयाँ विकसित औषधि, इभोनेसिमाबले फोक्सोको क्यान्सरको लागि अनियमित, डबल ब्लाइन्ड चरण तीन क्लिनिकल परीक्षणमा अग्रणी औषधि किट्रयुडा(किट्रुडा)लाई उछिनेको छ ।

    images
    images

    परीक्षणमा, इभोनेसिमाबले रोग बिग्रँदै नगएको बिरामीहरू बाँच्ने समयलाई किट्रयुडाको तुलनामा लगभग दोब्बर बनाएको उनको भनाई छ ।  जसले अमेरिकी निर्माताको लागि १३० अर्ब अमेरिकी डलरभन्दा बढीको बिक्री गरेको छ । जसका कराण बायोटेक उद्योगमा व्यापक ध्यान आकर्षित गरेको छ।

    ‘औषधि उद्योगको लागि, किट्रुडालाई उछिनेर धेरै बिरामीहरूलाई फाइदा पुर्‍याउने औषधि विकास गर्नु उल्लेखनीय उपलब्धि हो। विश्वभरका धेरै कम्पनीहरूले यस्ता औषधिहरू विकास गर्न प्रयासरत छन्, तर तिनीहरूका सबै चरण तीन परीक्षणहरू असफल भएका छन्। हाम्रो चरण तीन क्लिनिकल परीक्षण अनियमित, डबल–ब्लाइन्ड अध्ययनमा कडा सकारात्मक परिणाम प्राप्त गर्ने संसारको पहिलो हो,’अध्यक्ष मिशेल सियाले भनेका छन् । 

    images
    images

    डा. सियाको कम्पनीलाई इभोनेसिमाब विकास गर्न एक दशक लागेको हो । चीनले औषधि नवप्रवर्तनमा उल्लेखनीय प्रगति गरिरहेको छ, नयाँ औषधिहरू विकास भइरहेका छन् र पाइप लाइनमा छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend