images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • विद्युत प्राधिकरणलाई धनुषाधाममा ४० लाखको जग्गा...

विद्युत प्राधिकरणलाई धनुषाधाममा ४० लाखको जग्गा दान

विद्युत प्राधिकरणलाई धनुषाधाममा ४० लाखको जग्गा दान

images
images
मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • ढल्केबर। धनुषाकोे धनुषाधाम नगरपालिका–३, निवासी युवा व्यवसायी सूर्यनाथ यादवले नेपाल विद्युत प्राधिकरण धनुषाधाम वितरण केन्द्रलाई ४० लाखभन्दा बढी मूल्य पर्ने दुई कठ्ठा जग्गा दान गर्नुभएको छ । विद्युत प्राधिकरणको स्थायी भवन निर्माणका लागि उहाँले सो जग्गा दान गर्नुभएको हो । 

    images
    images

    जग्गा दाता यादवले सोमबार भूमिसुधार तथा मालपोत कार्यालय धनुषामा औपचारिक रूपमा नेपाल विद्युत प्राधिकरणको नाममा जग्गा पास गरिदिनुभएको छ । उहाँले धनुषाधामको विकास र नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले विद्युत प्राधिकरणलाई जग्गा दान गरेको बताउनुभयो । 

    उहाँले भन्नुभयो, “धनुषाधाम विकासको दिशामा अघि बढिरहेको छ । यहाँ विभिन्न कार्यालयहरू आवश्यक पर्ने भएकाले मैले विद्युत प्राधिकरणलाई जग्गा दान गर्ने निर्णय गरेको हुँ ।”

    images
    images

    धनुषाधाम वितरण केन्द्रका कार्यालय प्रमुख रोशनकुमार सिंहले जग्गा प्राप्तिपछि कार्यालय सञ्चालनका लागि भवन निर्माण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “अब आफ्नै जग्गा प्राप्त भएपछि हामी निकै खुसी छौँ । सबैभन्दा पहिले जग्गा दान गर्ने यादवलाई नेपाल विद्युत प्राधिकरणको तर्फबाट धन्यवाद दिन चाहन्छु । 

    यस वर्ष पर्खाला निर्माण हुन्छ र अर्को आर्थिक वर्षमा कार्यालय भवन निर्माण गरिनेछ । त्यसपछि हामी आफ्नै भवनमा कार्यालय सञ्चालन गर्नेछौँ ।” हालसम्म विद्युत कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको प्रमुख सिंहले जानकारी दिनुभयो । धनुषाधाम चोक नजिक रहेको सो जग्गाको हालकोे मूल्य प्रतिकठ्ठा कम्तीमा २० लाख रुपियाँ रहेको बताइएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend