images

२०८३ आश्विन २४ गते

images
images
images

मौद्रिक नीति सवा १२ बजे सार्वजनिक गर्दै राष्ट्र बैंक

मौद्रिक नीति सवा १२ बजे सार्वजनिक गर्दै राष्ट्र बैंक

images
images
अर्थ समाचार
शुक्रवार, श्रावण ११ २०८१
अर्थ समाचार
शुक्रवार, श्रावण ११ २०८१
  • काठमाडौं -नेपाल राष्ट्र बैंकले आज नयाँ आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ । बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०८१/ ८२ को मौद्रिक नीति पारित गरेसँगै सार्वजनिक गर्न लागिएको हो ।

    images
    images

    बिहान बसेको समितिको बैठकले मौद्रिक नीति पारित गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ । पारित मौद्रिक नीति दिउँसो सवा १२ बजे बैंकको नवनिर्मित भवन बालुवाटारबाट सार्वजनिक गर्ने तयारी छ ।

    यसअघि मौद्रिक नीति बैंक परिसर भन्दा बाहिरबाट सार्वजनिक गरिदै आइएको थियो । गत शुक्रबार नै सार्वजनिक गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर स्थगित गरिएको कार्यक्रम आज सार्वजनिक हुने भएको हो ।

    images
    images

    यस पटकको मौद्रिक नीतिलाई निजी क्षेत्रसहित अधिकांशले चासोका साथ पर्खिएका छन् । सरकारले पनि आर्थिक संकटलाई समाधान गर्ने गरि नीति ल्याउने बताउदै आएको छ ।

    शिथिल रहेको अर्थतन्त्र चलालयमान बनाउन र बैंकहरूको खस्कदो सम्पत्तिको गुणस्तर सुधार हुनेगरी प्रमुख मौद्रिक औजारमा सामान्य हेरफेर गर्दै नियामकीय नीतिहरु परिमार्जन गर्नेगरी मौद्रिक नीति तयार भएको बुझिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend