images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • चैत ५ गते पियोर इनर्जीको आईपीओमा...

चैत ५ गते पियोर इनर्जीको आईपीओमा आवेदन दिने अन्तिम दिन

चैत ५ गते पियोर इनर्जीको आईपीओमा आवेदन दिने अन्तिम दिन

images
images
मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • काठमाडौं।  पियोर इनर्जी लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज मंगलबार (चैत ५ गते) अन्तिम दिन हो । कम्पनीले फागुन २० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको थियो । 

    images
    images

    आइपीओमा माग भन्दा बढी आवेदन परिसकेका कारण मंगलबार बैंकिङ समय पञ्चात बिक्री बन्द गरिने कम्पनीले जनाएको छ ।  कम्पनीले आयोजना प्रभावित बाँके जिल्लाका स्थानीयका लागि जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । 

    त्यस्तै, कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १४ लाख ४० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता शेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आवेदन खुला गरिएको हो ।

    images
    images

    स्थानीयले बाँकेको खजुरास्थित सौर्य विद्युत उत्पादन केन्द्र, तथा नबिल बैंकको कोहलपुर र नेपालगन्जबाट आवेदन दिन सक्नेछन् । यस्तै, लक्ष्मी सनराइज बैंकको कोहलपुर र नेपालगन्ज शाखा, सिद्धार्थ बैंकको खजुरा, न्यूरोड नेपालगञ्ज, र वीपी चोक तथा कुमारी बैंकको चिसापानी, खजुरा, कोहलपुर, सुर्खेतरोड नेपालगन्ज र रिमझिम बजारको शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend