images

२०८३ आश्विन २१ गते

images
images
images
  • स्वास्थ्य
  • भक्तपुरको ब्रोकाउलीमा भेटियो ‘अर्गानोफस्फेट’ नामक...

भक्तपुरको ब्रोकाउलीमा भेटियो ‘अर्गानोफस्फेट’ नामक विषादी

भक्तपुरको ब्रोकाउलीमा भेटियो ‘अर्गानोफस्फेट’ नामक विषादी

images
images
सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • काठमाडौं । मुलुककै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार काठमाडौंको कालीमाटी तरकारी बजारमा भित्रिएको ब्रोकाउलीमा बढी मात्रामा विषादी भेटिएको छ ।

    images
    images

    भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा सोमबार ल्याइएको ब्रोकाउलीमा ८८.६७० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।

    केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी तरकारी बजारका १८ पसलको १८ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।परीक्षण क्रममा ब्रोकाउलीमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त ब्रोकाउली उपभोग अयोग्य रहेको जनाइएको छ ।

    images
    images

    सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोग योग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ । यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend