images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • तनहुँको मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन क्षमताभन्दा...

तनहुँको मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन क्षमताभन्दा आधा कम

तनहुँको मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन क्षमताभन्दा आधा कम

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट बिजुली उत्पादन क्षमताभन्दा आधा कम भएको छ । ६९ मेगावाट क्षमताको विद्युत् केन्द्रबाट औसतमा ३४ मेगावाट विद्युत् उत्पादन भइरहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रका सहायक प्रबन्धक मेकानिकल इन्जिनियर शेरमहमद हुसेनले बताउनुभयो । नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत् उत्पादन भएको उहाँको भनाइ छ ।

    images
    images

    गएको पुसदेखि नै विद्युत् उत्पादन घट्न थालेको हो । हिउँ पग्लिन थालेपछि नदीमा पानीको बहाव बढ्छ । केन्द्रका अनुसार नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कमा जम्मा गरी बिहान र बेलुका ‘पिकआवर’ मा सकेसम्म पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने गरिएको छ ।

    मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाण्डौको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडेर वितरण हुँदै आएको छ ।  

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend