images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • विद्यार्थीले लेख्न सुरु गरेपछि एकाएक परीक्षा...

विद्यार्थीले लेख्न सुरु गरेपछि एकाएक परीक्षा स्थगित भएपछि...

विद्यार्थीले लेख्न सुरु गरेपछि एकाएक परीक्षा स्थगित भएपछि...

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयले आइतबार बिहान सुरु भइसकेको परीक्षा स्थगन गरेको छ ।  स्ववियु चुनावलाई देखाएर सुरु भइसकेको ग्राजुएट स्कूल अफ ह्युमानिटीज एण्ड साेसल साइन्स अन्तर्गत स्नातक तहको पहिलो र सातौँ सेमेष्टरको परीक्षा स्थगन गरिएको हो । यसमा विश्वविद्यालयले चरम लापरबाही गरेको भन्दै विद्यार्थीहरू असन्तुष्ट बनेका छन्।

    images
    images

    एक विद्यार्थीका अनुसार बिहान साढे ६ बजे सुरु भएर प्रश्नपत्र र उत्तरपुस्तिका वितरण भइसकेका थिए । 'हामीले लेख्न सुरु पनि गरिसकेको थियौँ,' ती विद्यार्थीले भने, 'एक्कासि परीक्षा स्थगन भएको भनियो।'यद्यपि विश्वविद्यालयले परीक्षा स्थगित भएको विषयमा आधिकारिक, स्पष्ट जानकारी नगराएको उनले बताए। विश्वविद्यालयले  चैत १८ गते स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

    विश्वविद्यालय जारी गरेको सूचनामा चैत्र ३ गते बसेको संयुक्त विभागीय बैठकको निर्णय नं. १ अनुसार स्नातक तह प्रथम र सातौँ सेमेष्टरको परीक्षा अर्को सूचना नआएसम्म स्थगित गरिएको उल्लेख गरिएको छ। यद्यपि कारण भने खुलाइएको छैन।

    images
    images

    विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा शाेभाखर कँडेलले स्ववियु चुनावकै कारण स्थगित भएको जवाफ दिए । उनले  भने, ' उता स्ववियु चुनावको कार्यतालिका सार्वजनिक भइसक्याे, निर्वाचन समिति र परीक्षा व्यवस्थापन समितिको तालमेल नमिल्दा यस्ताे भएको हाेला ।'

    यद्यपि विद्यार्थीलाई भने पूर्व जानकारी नगराएको बताइएको छ। एक विद्यार्थीले भने, 'यदि त्यसो हाे भने पूर्व जानकारी गराउनुपर्ने, हामी त चुनावका लागि आएको हैन । भविष्यका लागि अध्ययन गर्न आएको हाे ।' चुनावका नाममा विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको उनले बताए।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend