images

२०८३ आश्विन २४ गते

images
images
images

गत आर्थिक वर्षमा भारतबाट एक अर्बको आलु आयात

गत आर्थिक वर्षमा भारतबाट एक अर्बको आलु आयात

images
images
अर्थ समाचार
बिहिवार, श्रावण १० २०८१
अर्थ समाचार
बिहिवार, श्रावण १० २०८१
  • खजुरा– बाँकेको जमुनाह सीमा नाकाहुँदै भारतबाट गत आर्थिक वर्ष एक अर्बको आलु आयात गरिएको छ। 

    images
    images

    नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७९-८० भन्दा गत आवमा रु १८ करोडको आलु बढी आयात गरिएको हो । 

    आर्थिक वर्ष २०७९-८० मा रु ९३ करोड ६० लाख ६९ हजार बराबरको तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो । 

    images
    images

    आलु आयातबाट आव २०७९-८० मा रु १४ करोड ७७ लाख २२ हजार तथा गत आव २०८०-८१ मा रु २७ करोड २२ लाख ४४ हजार राजस्व संकलन भएको सूचना अधिकारी लम्सालले बताए। अघिल्लो आवको तुलनामा गत आवमा रु १३ करोड राजश्व वृद्धि भएको छ ।

    पछिल्लो समय बाँके, बर्दिया, दाङ, सल्यानलगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा बढ्दै गए पनि भारतबाट आयात भने नघटेको कृषि ज्ञान केन्द्रका प्रमुख सकील अहमदले बताए ।

    उनका अनुसार आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि आयातमा कमी आउन सकेको छैन ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend