images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • नारायणीमा झोलुंगे पुल सञ्चालनमा, २९...

नारायणीमा झोलुंगे पुल सञ्चालनमा, २९ करोडको लागतमा पुल निमार्ण

नारायणीमा झोलुंगे पुल सञ्चालनमा, २९ करोडको लागतमा पुल निमार्ण

images
images
अर्थ समाचार
बिहिवार, श्रावण १० २०८१
अर्थ समाचार
बिहिवार, श्रावण १० २०८१
  • परासी — नारायणी नदीमा पुल बनेपछि सुस्तावासीलाई केही राहत भएको छ । तीनतिरबाट नारायणी र एकतिरबाट भारतीय भूमिले घेरिएको सुस्तामा झोलुंगे पुल सञ्चालनमा आएको हो ।

    images
    images

    पुल बनेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५, सुस्तागाउँका स्थानीय बासिन्दा खुसी भएका हुन् । यसअघि सुस्ता जानका लागि डुंगामा जोखिमपूर्ण यात्रा गर्नुपर्थ्यो । त्यस्तै भारतीय भूमि हुँदै भारतीय सीमा सशस्त्र सीमा बल(एसएसबी) को कडा निगरानीमा सुस्ता जानुपर्थ्यो ।

    नारायणी नदीमा पुल बनेपछि सुस्तावासीलाई आवतजावतका लागि सहज भएको छ । भारतीय अतिक्रमणको चपेटामा परेको सुस्ताका स्थानीयले आफ्नै भूमि रक्षाका लागि भारतीयसँग संर्घष गर्नुपर्ने र सामान्य कामका लागि पनि भारतको भर पर्नु अवस्था पुल बनेपछि अन्त्य भएको छ ।

    images
    images

    उक्त पुलको निर्माण कार्य २०७२ असोजमा सुरु भएको हो । २०७५ पुसमा सम्पन्न हुनुपर्ने पुल ६ वर्षपछि मात्र बनेको हो । ठेकेदार कम्पनीले पटक–पटक काम अलपत्र पारेर सम्पर्कविहीन हुँदा पुल निमार्णमा ढिलाइ भएको हो । सुस्तावासी झोलुंगे पुलमार्फत जोडिँदा हर्षित भएको स्थानीय रवीन्द्र जयसवालले बताए ।

    सुस्ता गाउँलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, होमस्टे सञ्चालन गर्नेलगायतका योजना बनाउदै गरेको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताए ।

    ९ वर्ष लगाएर त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सन कम्पनीले २९ करोड रुपैयाँको लागतमा पुल निमार्ण गरेको हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend