images

२०८३ आश्विन २१ गते

images
images
images
  • स्वास्थ्य
  • जोमसोममा शल्यक्रिया मार्फत प्रसूति सेवा पुन:...

जोमसोममा शल्यक्रिया मार्फत प्रसूति सेवा पुन: सुरु

जोमसोममा शल्यक्रिया मार्फत प्रसूति सेवा पुन: सुरु

images
images
शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • जोमसोम ।  मुस्ताङको जोमसोममा रहेको प्रदेश अस्पतालमा शल्यक्रिया मार्फत गरिने प्रसूति सेवा पुन:सुरु भएको छ ।१९ महिनापछि बुधबार शल्यक्रिया मार्फत सुरक्षित प्रसूति सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार २३ वर्षीया गर्भवतीको शल्यक्रिया गरि दुई किलो पाँच सय ग्राम तौल भएको बच्चा जन्मिएको छ।

    images
    images

    २४ घण्टा देखि प्रसूति बेथाले छटपटिएकी गर्भवतिको पेटमा रहेको बच्चाको मुटुको धडकन गडबड देखिएकाले शल्यक्रिया गरिएको हो। आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका कन्सल्टेण्ट मेडिकल जेनरलिष्ट (म्ड्ग्पएम्) डा विशाल सापकोटाले बताए।

    सापकोटाको नेतृत्वमा डा तेजस नेपाल (प्रदेश अस्पताल जोमसोमका मेडिकल सुपरिटेन्डेन्ट), डा बिर्सजन नेपाली, डा मनिष कोइराला, डा अशोक चापागाई, स्वास्थ्यकर्मीहरु विशाखा पण्डित, सुधा पौडेल, दिब्या जिसी, निशा परियार, कुशल नेपाली, सनिलाल परियारको टोलीले शल्यक्रिया गरेको हो। उनीहरुलाई प्रादेशिक अस्पताल कुश्माका मेडिकल सुपरीटेन्डेन डा हेमन्त बास्तोलाले सघाएका थिए। 

    images
    images

    गण्डकी प्रदेश सरकार मातहतको यस अस्पतालमा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ अन्तर्गत  करार नियुक्त गरी यस अस्पतालमा खटिएका विशेषज्ञ चिकित्सक डा विशाल सापकोटाद्वारा शल्यक्रिया सेवा सञ्चालन भएपछि मुस्ताङका बासिन्दा, पर्यटक र तिर्थयात्रीहरुलाई सुविधा पुगेको छ। अस्पतालले हाइड्रोसिल, हर्निया र एपेन्डीसको पनि शल्यक्रिया सेवा सञ्चालन गरेको डा  सापकोटाले बताए।

    प्रसूति सेवा सञ्चालनका लागि तालिमप्राप्त स्टाफनर्सको अभाव भएको छ। निर्माणाधिन भवन पुरा नहुँदा सेवा प्रवाहमा चुनौति छ। भिडियो एक्सरे सेवा पनि सूचारु भएको अस्पतालमा चार वटा सोल्जर डिस लोकेशन (पाखुरामा फुस्केको गेडी ठिक ठाउँमा ल्याएर राख्ने) सेवा पनि गरिएको डा  सापकोटाले बताए।

    अस्पतालमा कार्यरत चिकित्सकहरुलाई प्रोत्साहन भत्ताका लागि मुस्ताङका पाँच वटा स्थानीय तहहरुले मासिक दरले उपलब्ध गराउने भनिएको सेवा-सुबिधा  निर्णय कार्यान्वयन नभएको चिकित्सकले गुनासो गरेका छन्।आवश्यकता अनुसारका चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी, पूर्वाधार र उपकरणको कमीका बावजुद पनि पछिल्लो समय जोमसोम अस्पतालले सञ्चालन गरेको सेवालाई  सम्मान,  साथै विशेषज्ञ चिकित्सक जिल्ला मा टिकाई राख्नका निम्मित स्थानीय तह र सरोकार वालाको ध्यान जानु आवश्यक रहेको  स्थानीयको भनाई रहेको छ। 

      

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend