images

२०८३ आश्विन १६ गते

images
images
images
  • स्वास्थ्य
  • सोलुखुम्बुमा भाइरल संक्रमणको प्रकोप, अस्पतालमा बिरामीको...

सोलुखुम्बुमा भाइरल संक्रमणको प्रकोप, अस्पतालमा बिरामीको अत्यधिक चाप

सोलुखुम्बुमा भाइरल संक्रमणको प्रकोप, अस्पतालमा बिरामीको अत्यधिक चाप

images
images
शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • सोलुखुम्बु । सोलुखुम्बुमा भाइरल संक्रमणको प्रकोप तीव्र भएको छ। पछिल्ला केही हप्तामा जिल्लाका विभिन्न स्थानहरूमा ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने र श्वासप्रश्वाससम्बन्धी समस्याका बिरामीहरूको संख्या अत्यधिक बढेको छ।

    images
    images

    स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको छ। यसले जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालमा सेवा प्रवाहमा कठिनाइ ल्याएको छ। अस्पतालका निमित्त प्रमुख सानी शेर्पाका अुसार १५ शय्याको क्षमताको अस्पतालमा अहिले ५० जनाभन्दा बढी बिरामी भर्ना गरेर उपचार गरिरहेका छन्।

    अस्पतालमा उपचार गरिरहेका अधिकांश बिरामी गम्भीर अवस्थाका छन् र ज्वरो, दम, निमोनिया तथा श्वासप्रश्वास समस्याले ग्रसित छन्। अस्पतालका डाक्टरहरूले ती बिरामीलाई अक्सिजन समेत दिनुपर्ने अवस्था आएको उनको भनाइ छ।

    images
    images

    जिल्लाको दुर्गम क्षेत्र भएकाले स्वास्थ्यकर्मी सीमित छन्। बिरामीको चाप भने अत्यधिक छ। जसकारण उपचार प्रभावकारी रूपमा दिन कठिन भइरहेको छ। अस्पताल प्रशासनले जनशक्ति र आवश्यक उपकरणको अभावको समस्या उल्लेख गर्दै स्वास्थ्य सेवामा सुधारका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वयको आवश्यकता रहेको बताएका छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend