images

२०८३ आश्विन २० गते

images
images
images

नियमित नोक्सान भएपछि उडान बन्दः तारा एअर

नियमित नोक्सान भएपछि उडान बन्दः तारा एअर

images
images
शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • काठमाडौंः तारा एअरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ। हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एअरले जनाएको छ। 

    images
    images

    कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सन् २०२४ डिसेम्बर ४ मा उद्घाटन गरेको हवाई सेवा अहिले बन्द भएको हो। 

    हिमाली टुर एन्ड ट्राभल्सले तारा एअर मार्फत तीन जिल्लाको उडान भर्दै आएको थियो। ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको, हरेक उडानमा नोक्सान भएको भन्दै उडान बन्द गर्नुपरेको जनाएको छ।

    images
    images

    ट्राभल्सका मीनबहादुर रावलले अहिले तीन जिल्लामा सातामा दुईपटक नियमित उडान भर्ने सहमति अनुसार काम सुरु गरिए पनि आवश्यक सहयोग प्राप्त नभए पछि हवाई सेवा बन्द गर्नु परेको बताए। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend