images

२०८३ आश्विन १९ गते

images
images
images

उपत्यकाको ट्राफिक जाँचमा बिहानैदेखि कडाइ

उपत्यकाको ट्राफिक जाँचमा बिहानैदेखि कडाइ

images
images
बिहिवार, फाल्गुण २९ २०८१
बिहिवार, फाल्गुण २९ २०८१
  • काठमाडौंः काठमाडौं उपत्यकाको ट्राफिक जाँचमा बिहानैदेखि कडाइ गरिएको छ । होलीको बहानामा मादक र लागु पदार्थ सेवनगरी सवारी साधनमा चलाउने क्रमलाई नियन्त्रण गर्न उपत्यकाका विभिन्न ठाउँमा आज बिहानै देखि कडाइका जाँच गर्न थालिएको हो ।

    images
    images

    ट्राफिक प्रहरीका अनुसार बिहानै देखि उपत्यकाका १७६ ठाउँमा जाँच भैरहेको छ । मादक पदार्थ सेवन गरेको र लागुपदार्थ सेवन गरेको चेकजाँच गरिरहेको प्रहरीले जनाएको छ । 

    उपत्यकाका ६१ ठाउँमा डेडिकेटेड चेकपोइन्ट, ९६ ठाउँमा पिकेट र १९ ठाउँमा होली विशेष जाँच भैरहेको छ ।

    images
    images

    होली विशेष सुरक्षा योजना अन्तर्गत जनपथ, ट्राफिक र सादा पोशाकमा गरी कूल १७ सय ७ सुरक्षाकर्मी परिचालन गरिएको छ । 

    कसैले मापसे–लापसे गरेको पाइए वा नियम उल्लंघन गरे दिनभरी सवारीसाधन होल्ड गर्नुका साथै कारबाही पनि गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend