images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • सर्वोच्चमा प्रहरीमा लागु गर्न खोजिएको स्टाफ...

सर्वोच्चमा प्रहरीमा लागु गर्न खोजिएको स्टाफ कलेज खारेजीको माग गर्दै रिट दायर

सर्वोच्चमा प्रहरीमा लागु गर्न खोजिएको स्टाफ कलेज खारेजीको माग गर्दै रिट दायर

images
images
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाली सेना र सशस्त्र प्रहरी बलको शैलीमा अघि बढाउन खोजेको मास्टर इन पुलिस साइन्स (एमपीएस) कोर्स खारेजीको माग गर्दै रिट दायर गरिएको छ । कानुनविपरीत एमपीएस कोर्स लागु गर्न खोजिएको भन्दै ०७० मा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भई हाल प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा भएका २० जनाले सोमबार (फागुन २६) सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

    images
    images

    रिट दायर गर्ने डीएसपीमा पर्यटन प्रहरी भृकुटीमण्डपमा कार्यरत रिपेन्द्र कुमारसहित २० जना छन् । उनीहरूले प्रहरी ऐन र प्रहरी नियमावली, २०७१ मा कतै उल्लेख नगरिएको स्टार्फ कलेज अध्ययनबिना नै एक्कासि लागु गर्न खोजिएको भन्दै रोक्न रिटमा माग गरेका छन् ।रिटमा प्रहरी प्रधान कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी महानिरीक्षकको सचिवालय र प्रहरी एकेडेमीलाई विपक्षी बनाइएको छ । मंगलबार (फागुन २७) रिट सर्वोच्चका न्यायधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ । रिटमाथि सुनुवाइ जारी छ ।

    प्रहरी प्रधान कार्यालयले उपल्ला तहमा बढुवा हुन पूरा गर्नुपर्ने नेपाली सेनाको मास्टर इन स्ट्राटेजिक स्टडिज र सशस्त्र प्रहरीको मास्टर इन सेक्युरिटी एन्ड पिस स्टडिजकै शैलीमा एमपीएस लागु गर्ने निर्यण गरेको थियो ।प्रहरीको उपल्लो तह पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी)ले ०७० सालमा भर्ना भएका इन्स्पेक्टर टोलीबाट यो अनिवार्य गर्नुपर्ने राय दिएको थियो । सोही रायका आधारमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले एमपीएस कोर्स पढाइको प्रक्रिया थालेको थियो । प्रतिष्ठानले ०७० मा भर्ना भएका प्रहरी अधिकारीबाट १३१ जनाको ‘सर्टलिस्ट’ तयार पारेको थियो ।

    images
    images

    त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले प्रहरी अधिकारीले पढ्ने एमपीएसका निम्ति प्रोफेसनल लिडरसिपसहित दुई कोर्सको पाठ्यक्रम स्वीकृति दिइसकेको छ । आउँदो चैत ६ गते प्रवेश परीक्षा लिने त्रिविको तयारी थियो ।तर, अन्तिम समयमा एमपीएस खारेजीको माग गर्दै रिट परेसँगै यो कोर्स अन्योलमा परेको छ । केही प्रहरी अधिकारीले समेत तत्काल एमपीएस कोर्स आवश्यक नरहेको जिकिर गर्दै आएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend