images

२०८३ आश्विन २४ गते

images
images
images

चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति शुक्रवार सार्वजनिक हुदैँ

चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति शुक्रवार सार्वजनिक हुदैँ

images
images
अर्थ समाचार
बिहिवार, श्रावण १० २०८१
अर्थ समाचार
बिहिवार, श्रावण १० २०८१
  • काठमाडौं-  राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति भोलि शुक्रवार सार्वजनिक गर्ने तयारी गरेको छ ।

    images
    images

    आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिको सबै तयारी पुरा भएको भन्दै राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गर्ने बताएको हो ।

    राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने संकेत गरेका छन् भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् ।

    images
    images

    शुक्रबार बस्ने राष्ट्र बैंक सञ्चालक समितिको बैठकले समय तय गर्ने राष्ट्रबैंकका सहायक सूचना अधिकारी डा। भागवत आचार्यले बताए । यस पटक पनि साउन पहिलो सातामै मौद्रिक नीति आउने अनुमान गरिएपनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।अर्थतन्त्र दबाबमा रहेकाबेला सार्वजनिक हुन लागेको मौद्रिक नीति प्रति सबैको चासो रहेको छ । निजी क्षेत्रदेखि सबै सरोकारवालाले मौद्रिक नीतिलाई चासोका साथ पर्खिएका छन् ।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend