images

२०८३ आश्विन १९ गते

images
images
images

'ब्रेकअप पार्टी' गाएपछि थप चर्चामा गायिका एलिना चौहान

'ब्रेकअप पार्टी' गाएपछि थप चर्चामा गायिका एलिना चौहान

images
images
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • काठमाडौं । गायिका एलिना चौहान यतिबेला फेरि थप चर्चामा छिन्।केही दिनअघि सार्वजनिक भएको गीत 'छुट्यो पिरिम' लाई लिएर उनको चर्चा भइरहेको हो। एलिनाले आफ्नो जीवनसँग मिल्ने गीत गाएको भन्दै फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ। 

    images
    images

    गीतले युट्युब लगायतका प्लेटफर्ममा राम्रो चर्चा पाइरहेको छ। युट्युबको कमेन्ट सेक्सन हेर्दा पनि धेरैले एलिनाले आफ्नो जीवनसँग मेल खाने गीत गाएको भन्दै प्रतिक्रिया जनाएका छन्। 'ब्रेकअप पार्टी' भनेर ल्याइएको यो गीतमा एलिनाको एकल आवाज छ। यसका शब्द डीपी तिवारीले लेखेका हुन्।

    नविन सेञ्चुरीको संगीत रहेको गीत एचबिएन किस्मतले एरेन्ज गरेका छन्। भिडिओमा सञ्जना गुरूङ र सञ्जय विश्वकर्मा फिचर्ड छन्।गीत ७ दिनमा युट्युबमा २७ लाखभन्दा बढीपटक हेरिएको छ।

    images
    images

    एलिनाको स्वरमा सोमबार दिउँसो नयाँ गीत 'तिम्रो माया' पनि सार्वजनिक भएको छ। हरि कटुवालको शब्द, दीपकराज विश्वकर्माको संगीत रहेको यो गीतको भिडिओमा भने एलिना स्वयं फिचर्ड छिन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend