images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • विशेषज्ञ चिकित्सकलाई बिना जानकारी कार्यालय नआएपछि...

विशेषज्ञ चिकित्सकलाई बिना जानकारी कार्यालय नआएपछि सेवाबाट हटाउने तयारी

विशेषज्ञ चिकित्सकलाई बिना जानकारी कार्यालय नआएपछि सेवाबाट हटाउने तयारी

images
images
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा.सन्तोष क्षेत्रीलाई सेवाबाट हटाउने तयारी गरेको छ । मन्त्रालयले आज सूचना जारी गरी क्षेत्रीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ ।

    images
    images

    नवौँ तहका क्षेत्री गत साउन १८ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालय अनुपस्थित रहेको मन्त्रालयले जनाएको छ । यही फागुन १० गते सूचना प्रकाशित गरी उनलाई पहिलो पटक स्पष्टीकरण सोधिएको थियो। स्पष्टीकरणका लागि ७ दिनको म्याद दिइएको थियो ।

    फागुन १५ मा क्षेत्रीले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रालयले आज दोस्रो पटक सार्वजनिक सूचना जारी गरी स्पष्टीकरण सोधेको हो ।

    images
    images

    स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ उपदफा १ खण्ड (ज) को व्यवस्था बमोजिम सेवाबाट किन नहटाउने भन्दै १५ दिने स्पष्टीकरण सोधिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend