images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • पियोर इनर्जी आइपीओमा मागभन्दा ७.३६ गुणा...

पियोर इनर्जी आइपीओमा मागभन्दा ७.३६ गुणा बढी आवेदन

पियोर इनर्जी आइपीओमा मागभन्दा ७.३६ गुणा बढी आवेदन

images
images
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • काठमाडौं । पियोर इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १० करोड ६० लाख ५६ हजारको आवेदन परेको छ ।   सिडिएसका अनुसार आज बिहान १०ः०७ बजेसम्म ४७ हजार ४९२ जनाले १० लाख ६० हजार ५६० कित्ताका लागि आवेदन दिएका छन् ।

    images
    images

     यो मागभन्दा ७.३६ गुणा बढी आवेदन हो । कम्पनीले फागुन २० गतेदेखि चैत ५ गतेसम्म पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले १ लाख ४४ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि आइपीओ जारी गरेको हो ।   

    वैदेशिक रोजगारमा रहेका नेपालीले यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार २०० कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend