images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • नेपाल स्टक एक्सचेन्जको सीईओका लागि...

नेपाल स्टक एक्सचेन्जको सीईओका लागि १० जनाको आवेदन

नेपाल स्टक एक्सचेन्जको सीईओका लागि १० जनाको आवेदन

images
images
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौं । नेपाल स्टक  एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि १० जनाको आवेदन परेको छ । आइतबार साँझसम्म नेप्सेको सीईओ पदका लागि १० जनाको आवेदन परेको हो ।

    images
    images

    नेप्सेको सीईओ बन्नका लागि पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्यनकुरेल, नारद कुमार लुइँटेल, युवराज दाहाल, प्रवीण अधिकारी र चूडामणि चापागाईँको आवेदन परेको छ । यसका साथै बिमल कुमार तिवारी, कृष्ण बहादुर कार्की, हेमन्त बश्याल, मुकुन्द राज जोशीले पनि सीईओका लागि आवेदन दिएका छन् ।सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नका लागि आवेदन माग गरेको थियो । योग्यता भएका इच्छुक नेपाली नागरिकबाट अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।

    सीईओ बन्नका लागि अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त शास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ । यसमा पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा सात वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव सहित कम्तीमा पन्ध्र वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ ।

    images
    images

    प्रमुख कार्यकारी अधिकृतले पाउने मासिक पारिश्रमिक, भत्ता तथा अन्य सुविधा नेपाल सरकारको स्वीकृतिमा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडले तोके बमोजिम हुने व्यवस्था छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend