images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • डेरी उद्योग संघको अवैधरुपमा भित्रिने दुग्धजन्य...

डेरी उद्योग संघको अवैधरुपमा भित्रिने दुग्धजन्य पदार्थको नियन्त्रण गर्न आग्रह

डेरी उद्योग संघको अवैधरुपमा भित्रिने दुग्धजन्य पदार्थको नियन्त्रण गर्न आग्रह

images
images
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौँ । डेरी उद्योग संघले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अवैधरुपमा सीमापारिबाट भित्रिने दुग्धजन्य पदार्थहरूको नियन्त्रण गर्न आग्रह गरेको छ । संघले आज एक अनुरोध पत्र जारी गर्दै अवैध रूपमा भित्रने दुग्धजन्य पदार्थहरूको नियन्त्रण गर्न आग्रह गरेको हो । 

    images
    images

    सरकारको गत वर्ष २०८० फागुन २ गतेको निर्णयबाट दुध तथा दुग्धजन्य पदार्थहरूको आयात स्थगन भए अनुसार अवैधरुपमा भित्री रहेको दुध तथा दुग्धजन्य पदार्थहरूको नियन्त्रण गर्न आग्रह गरिएको हो । आयात स्थगन हुँदा पनि अवैधरुपमा सीमापारिबाट विदेशी ब्राण्डका स्किम मिल्क पाउडर, डेरी ह्वाइटनर, वटर, घिउ, होल मिल्क पाउडर, चिज, आदी दुग्धजन्य पदार्थहरू अनधिकृत रूपमा चोरी तस्करी भई व्यापारिक प्रतिष्ठानहरूमा छ्यापछ्याप्ती खुल्लमखुल्ला बिक्री वितरण भएको पाइएको संघका अध्यक्ष राजकुमार दाहालले बताए । 

    अवैधरुपमा भित्रिएका दुध तथा दुग्धजन्य पदार्थहरुका कारणले अर्बोको राजस्व संकलनमा असर पर्नुका साथै बजारको ठुलो हिस्सा ओगटेका कारण स्वदेशी वस्तु बिक्री हुन नसकी भुक्तानी चक्रको सन्तुलनमा असर परेको बताए ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend