images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • कुलमान पछि नलाग्न ऊर्जामन्त्रीलाई गगन थापाको...

कुलमान पछि नलाग्न ऊर्जामन्त्रीलाई गगन थापाको सुझाव

कुलमान पछि नलाग्न ऊर्जामन्त्रीलाई गगन थापाको सुझाव

images
images
शनिवार, फाल्गुण २४ २०८१
शनिवार, फाल्गुण २४ २०८१
  • सिन्धुलीः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने तिर नलाग्न उर्जामन्त्री दीपक खड्कालाई सुझाव दिएका छन्। आज शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारको मन्त्रीले तीन चार महिना पछि सेवा निवृत्त हुन लागेका कर्मचारीको पछि लाग्न नहुने बताएका हुन्।

    images
    images

    थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्रति इंगित गर्दै थापाले अहिले सरकार नै एउटा व्यक्तिको पछि लागेको जस्तो देखिएको टिप्पणी गरे ।

    ‘तीन–चार महिनामा सेवा निवृत्त हुने एउटा व्यक्तिको पछि सरकार नै लागेको देखिन्छ । यस्ता कुरा ठिक होइन । यस्तो, नचाहिने काममा कोही पनि मन्त्रीहरू लाग्नु हुँदैन । सेवा निवृत्त भएपछि उपयुक्त मान्छे ल्याउने, त्यो संस्थाको नेतृत्व गर्न दिने हो’ गगन थापाले भने ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend