images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • प्रधानमन्त्री ओलीबाट मध्यपश्चिम विश्वविद्यालयका तीन हजार...

प्रधानमन्त्री ओलीबाट मध्यपश्चिम विश्वविद्यालयका तीन हजार ८ सय ४१ विद्यार्थी दीक्षित

प्रधानमन्त्री ओलीबाट मध्यपश्चिम विश्वविद्यालयका तीन हजार ८ सय ४१ विद्यार्थी दीक्षित

images
images
शुक्रवार, फाल्गुण २३ २०८१
शुक्रवार, फाल्गुण २३ २०८१
  • सुर्खेत । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका अवसरमा आज विभिन्न तह र संकायका तीन हजार ८ सय ४१ विद्यार्थी दीक्षित भएका छन् ।

    images
    images

    वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा शुक्रवार आयोजित समारोहमा ती विद्यार्थी दीक्षित भएका हुन् । समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इञ्जिनीयरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामााजिकशास्त्र गरी सबै संकाय र स्कुलहरुबाट स्नातक तहमा दुई हजार एक सय ८९ र स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा शैक्षिक सफलता हासिल गरेका एक हजार छ सय ६३ र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ गरी तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका हुन् ।

    प्रधानमन्त्री ओलीले विभिन्न उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार पनि प्रदान गरे । कार्यक्रममा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका अग्रज प्राध्यापक प्रा.डा. महेन्द्र पि लामा प्रमुख अतिथि रहेका छन् ।मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले नेपाल सरकारको सहयोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालय एवं सङ्घसंस्थाको सहकार्यमा नयाँ नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरिने जनाए ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend