images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • पियोर इनर्जीको आइपीओमा मागभन्दा ५.४२ गुणा...

पियोर इनर्जीको आइपीओमा मागभन्दा ५.४२ गुणा बढी आवेदन

पियोर इनर्जीको आइपीओमा मागभन्दा ५.४२ गुणा बढी आवेदन

images
images
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • काठमाडौं । पियोर इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ७ करोड ८१ लाख ८६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

    images
    images

    सीडीएसका अनुसार आज (फागुन २२ गते) बिहान १०ः०७ बजेसम्म ३५ हजार ७०४ जनाले ७ लाख ८१ हजार ८६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ५.४२ गुणा बढी आवेदन हो । कम्पनीले फागुन २० गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो ।

    कम्पनीले १ लाख ४४ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि आइपीओ जारी गरेको हो ।  वैदेशिक रोजगारमा रहेका नेपालीले यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार २०० कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ । 

    images
    images

    यसमा चैत ५ गतेसम्म आवेदन दिनुपर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend