काठमाडौंः नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरिएको छ । बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गर्दै नयाँ गभर्नर नियुक्तीको प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिएको हो ।
सिफारिस समिति अर्थमन्त्रीको संयोजकत्वमा हुने व्यवस्था रहेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत २४ गते सकिंदैछ । अधिकारीलाई सरकारले २०७६ चैत २४ गते पाँच वर्षका लागि गभर्नरमा नियुक्त गरेको थियो । अधिकारी गभर्नरमा नियुक्ति भएको समयमा प्रधानमन्त्री ओली र अर्थमन्त्री डा. युवराज खतिवडा थिए ।
अगामी गभर्नरका लागि अहिलेका डेपुटी गभर्नरद्वय निलम ढुंगाना, बमबहादुर मिश्र लगायतका व्यक्तिले लबिङ सुरु गरेका छन् । ३ जनाको नाम सिफारिस हुँदा डेपुटी गभर्नर मध्ये १ जनाको नाम सिफारिस हुनैपर्ने भएकोले उनीहरू २ जना मध्ये एउटाको नाम मन्त्रिपरिषद्स म्म पुग्ने पक्का छ । सिफारिस भएका ३ जना मध्ये एक जनालाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गर्ने व्यवस्था रहेको छ ।




.gif)





