images

२०८३ आश्विन १८ गते

images
images
images

पौने ३ खर्ब ऋणमा विद्युत प्राधिकरण

पौने ३ खर्ब ऋणमा विद्युत प्राधिकरण

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौंः नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ विषयन्तार गर्नमा खप्पिस देखिन्छन। दैनिकी नै जम्तो भएको छ। काम भन्दा बढी केरा बेसि गर्छन्। अघिल्लो कार्यकालमा लोडसेडिङ हटाएको ब्याज खाएर बसेका छन्।

    images
    images

    सम्भवत २०८४ को चुनावमा होमिने गरी राजनीतिको पूर्व अभ्यास थालेका उनी अहिले प्रबन्ध निर्देशक भन्दा पनि सरकार सँग दोहरी खेल्नमा व्यस्त देखिन्छन।

    उनै घिसिङलाई सरकारले पटकपटक स्पष्टिकरण सोधेको छ। पछिल्लो पटक हटाउने गरी नै सरकारले स्पष्टीकरण सोधेपछि घिसिङले विषयान्तर गर्न प्राधिकरणबाट रेडिमेड तथ्यांक बजारमा ल्याए। विद्युत प्राधिकरण ६ महिनामा ११ अर्ब ३६ करोड नाफामा । प्राधिकरणले साउन देखि पुस मसान्तसम्म विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड आम्दानी गरेको र करकट्टी गर्नु अघि ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरेको छ। यसमध्ये विद्युत् खरिद, प्रशासनिक र विभिन्न आयोजना लगायतमा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरेको प्राधिकरणले जनाएको छ।

    images
    images

    तर प्राधिकरणको यो हिसाव हेर्दा जति सजिलो छ बुझ्नै जाने हो भने झनझन गाह्रो छ।  कुलमान भने सरकारी ऋण माथिको दायित्व लुकाउँदै आएका छन्। प्राधिकरणले अर्थ मन्त्रालयलाई तिर्नुपर्ने ऋण २ खर्ब ६९ अर्ब ४८ करोड १५ लाख पुगेको छ। यो ऋण व्यवस्थापन कार्यालयको तथ्यांक हो। विद्युत् प्राधिकरणको हिस्सा ६२ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ। प्राधिकरणको भाखा नाघेको ऋण नै १ खर्ब २४ अर्ब ४ करोड छ। त्यसमा भाखा नाघेको साँवा ४३ अर्ब ९९ करोड २५ लाख र भाखा नाघेको ब्याज ८० अर्ब ४ करोड ७४ लाख छ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण तिर्न पटकपटक ताकेता गरेपछि प्राधिकरणले बल्ल १ अर्ब तिरेको छ। गत माघ ४ गते प्राधिकरणले १ अर्ब रुपैयाँ साँवा तथा ब्याज भुक्तानी गरेको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend