images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५...

ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति

ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति

images
images
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडौं । सरकारसँग ५ बुँदे सहमति भएपछि एलपी ग्यास उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन् ।आज मंगलबार भएको ४ घण्टा लामो वार्तापछि सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच ग्यासको भाउ १२ रुपैयाँ ७५ पैसा बढाउने सहित ५ बुँदे सहमति भएको हो ।

    images
    images

    सहमतिसँगै अब ग्यासको भाउ प्रतिसिलिन्डर १ हजार ९ सय १० बाट बढेर १ हजार ९ सय २२ रुपैयाँ ७५ पैसा पुगेको छ ।वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की सहितका सरकारी प्रतिनिधि र उद्योगीबीच भएको छलफलपछि आन्दोलन फिर्ता लिने सहमति भएको हो ।संघका वरिष्ठ उपाध्यक्ष कृष्णभक्त श्रेष्ठले ५ बुँदे सहमति भएपछि आन्दोलन फिर्ता भएको अनलाइनखबरलाई जानकारी दिए ।

    यस्तो छ सहमति :

    images
    images

    १. मिति २०८१ फागुन १८ गते बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले ग्यास उद्योगहरूको वाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसाले वृद्धि गरेको विषयमा नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीहरूलाई जानकारी गराइयो ।

    २. निगम सञ्चालक समितिको मिति २०८१ फागुन १८ गतेको निर्णय अनुसार एलपी ग्यास उद्योगको खर्चमा समायोजन गरिएपछि पनि मुनाफा प्रतिशतमा हुनुपर्ने मागलाई निरन्तरता दिई मिति २०८१ फागुन १८ गतेदेखि ग्यास उद्योगीहरूले निगमबाट पीडीओ नउठाएको र सो कारणले बजारमा एलपी ग्यास आपूर्ति असहज बन्न थालेको परिस्थितिलाई मध्यनजर गर्दै हाल ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिन्डर फ्ल्याट रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाइ अध्ययन कार्य अगाडि बढाउने ।

    ३. निगम र सघं दुवै पक्षको समन्वयमा सम्बोधन गर्न सकिने मागहरू निगम व्यवस्थापनले सम्बोधन गर्ने ।

    ४. निगमले सम्बोधन गर्न नसक्ने अन्य मागहरूका सम्बन्धमा आवश्यक गृहकार्य गरी सञ्चालक समिति तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गर्ने ।

    ५. नेपाल एलपी ग्यास उद्योग संघले राखेका माग माथि उल्ललेख भए बमोजिम सम्बोधन गर्ने सहमति भएकाले नेपाल एलपी ग्यास उद्योग संघले हाल जारी राखेको विरोधका सम्पूर्ण कार्यक्रम आजदेखि फिर्ता लिने र आजदेखि नै सबै ग्यास उद्योगीले निगमबाट नियमित पीडीओ लिई एलपी ग्यास आपूर्ति सहज बनाउने ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend