images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • नेपाल मेडिकल कलेजका स्टाफ नर्सलाई क्रिटिकल...

नेपाल मेडिकल कलेजका स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम

नेपाल मेडिकल कलेजका स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम

images
images
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडाैं । नेपाल मेडिकल कलेजले स्टाफ नर्सहरुलाई क्रिटिकल केयरको तालिम प्रदान गरेको छ । कलेजले आफ्ना ३६ जना स्टाफ नर्सहरुलाई क्रिटिकल केयर सम्बन्धी विषयमा २ दिने तालिम सञ्चालन गरेको हो ।

    images
    images

    नर्सेस एशोसिएशन अफ नेपालसँगको समन्वयमा आयोजित क्रिटिकल केयरको तालिममा सहभागीहरुलाई मुटु रोग, सघन उपचार, इमरजेन्सी भेन्टिलेटर उपचार सम्बन्धी तालिम दिइएको छ ।  क्रिटिकल केयर नर्सेस एशोसिएशन अफ नेपाल अन्तरगत एनसिसि डेभलपमेन्ट फाउण्डेशनकी अध्यक्ष लक्ष्मी केसी भण्डारी, फाउण्डेशनका कविता सिटौला, श्रेयष्मा रेग्मी, श्रृष्टी अर्याल, सपना खड्का, प्रभा श्रेष्ठ लगायतले विषयगत तालिम दिएका थिए ।

    क्रिटिकल केयरको तालिमले नेपाल मेडिकल कलेजमा आउने विरामीहरुको उपचार तथा स्याहारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । कलेजका अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्यायले नर्सहरु बिरामीको उपचार तथा अस्पताल सेवाको लागि महत्वपूर्ण रहेको बताउँदै उनीहरुको क्षमता अभिबृद्धि गर्न कलेज सदैव सकारात्मक रहेको जानकारी दिए । उनले तालिमले कलेजको स्वास्थ्य सेवा, आइसियूको सेवा गुणस्तरीय र प्रभावकारी हुने विस्वास लिएको बताए ।

    images
    images

    तालिमको समापनमा सहभागीहरुलाई संवोधन गर्दै कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यास्मिनले तालिमबाट अस्पतालमा कार्यरत स्वास्थ्य परिचारिकाहरुको क्षमता विकास, क्रिटिकल केयरको उपचारमा थप क्षमता विकास भएको बताइन् । उनले तालिममा सिकेका विषयहरु कार्यान्वयन गर्नु ठूलो कुरा रहेको बताउँदै कलेजले समय समयमा यस्ता तालिमहरु सञ्चालन गर्दै जाने उल्लेख गरिन् ।

    कुनैपनि बिरामीको उपचारमा डाक्टरहरुको जति भूमिका रहन्छ नर्सहरुको भूमिका पनि रहने भन्दै प्रबन्ध निर्देशक डा. यास्मिनले डाक्टरहरुले लेख्ने औषधी एकै प्रकारको भएपनि नर्सहरुबाट पाउने स्वास्थ्य स्याहार फरक र महत्वूर्ण हुने जिकीर गरिन् । नेपालमा मात्र नभएर दक्षिण एसियामै क्रिटिकल केयरलाई प्रभावकारी बनाउन अपरिहार्य भएको बताउँदै क्रिटिकल केयरको तालिमले नर्सहरुलाई बिरामीको सेवा र उपचारमा बढी लगनशील र दृढ बनाउने अपेक्षा गरेको बताइन् ।‘यो तालिमले तपाईहरुको क्षमतालाई अझै विस्तार गर्नेछ । आइसियूको मोडालिटीलाई अझै राम्रो बनाउन अपेक्षा लिएका छौं । तालिमपछि तपाईहरु नेपालमा होस् वा नेपाल बाहिर गएपनि क्रिटिकल केयरमा जुनसुकै अस्पतालमा काम गर्न सक्षम बनाउने छ ।’ प्रबन्ध निर्देशक डा. यास्मिनले भनिन् । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend