बैतडीका स्थानीय तहले सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त, समपुरक र विशेष अनुदानअन्तर्गतका रकम शतप्रतिशत खर्च गर्न सकेनन् । यहाँका १० वटै स्थानीय तहबाट गत आर्थिक वर्ष २०८०/८१ मा खर्च हुन नसकेर २५ करोड २१ लाख ९४ हजार तीन सय ६९ फिर्ता भएको छ ।
यहाँका स्थानीय तहहरुका लागि दुई अर्ब ८३ करोड ५३ लाख ५७ हजार छ सय ४८ रुपैयाँ बजेट प्राप्त भएको थियो । त्यसमध्ये दुई अर्ब ५८ करोड ३१ लाख ६३ हजार दुई सय ७८ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयका लेखापाल भवानी भट्टले जानकारी दिए ।
सुर्नया गाउँपालिकाले दुई करोड ७५ लाख ३६ हजार सात सय ३९ फिर्ता गरेको छ । सुर्नयाले २३ करोड ९२ लाख १० हजार छ सय १६ प्राप्त गरेकोमा रु २१ करोड १६ लाख ७३ हजार आठ सय ७६ मात्र खर्च गरेको थियो ।
पाटन नगरपालिकामा ३८ करोड ६६ लाख ८२ हजार दुई सय ३४ रुपैयाँ प्राप्त भएकोमा रु ३३ करोड ८८ लाख ९९ हजार एक सय २३ खर्च भएको थियो । सो नगरपालिकाका लागि प्राप्तमध्ये चार करोड ७७ लाख ८३ हजार एक सय १० फिर्ता भएको हो ।
डिलाशैनी गाउँपालिकाबाट गत आवमा ६८ लाख ७२ हजार दुई सय ८२ फिर्ता भएको छ । २४ करोड ५५ लाख ९९ हजार एक सय ४३ बजेटमध्ये २३ करोड ८७ लाख २६ हजार आठ सय ६० खर्च गरेको थियो ।
दोगडाकेदार गाउँपालिकामा रु ३० करोड २० लाख ८१ हजार दुई सय ९३ रुपैयाँ प्राप्त मध्ये रु २६ करोड ६५ लाख ८१ हजार पाँच सय ३४ खर्च भएको छ । बाँकी तीन करोड ५४ लाख ९९ हजार सात सय ५८ फिर्ता भएको छ ।
दशरथचन्द नगरपालिकामा ४० करोड २४ लाख १८ हजार नौ सय ६० बजेट प्राप्त भएकोमा ३७ करोड २४ लाख ९४ हजार दुई सय ३४ खर्च भएको छ । दशरथचन्दबाट दुई करोड ९९ लाख २४ हजार सात सय २५ खर्च हुन सकेन ।
सिगास गाउँपालिकामा २१ करोड ६४ लाख ८३ हजार पाँच सय बजेट प्राप्त भएकोमध्ये रु २० करोड नौ लाख ७७ हजार ३१ खर्च भएको छ । सिगासबाट खर्च हुन नसकेर एक करोड ५५ लाख छ हजार चारसय ६९ फिर्ता भएको छ ।
पुर्चौंडी नगरपालिकामा ३८ करोड २९ लाख ३३ हजार नौ सय ३० बजेट प्राप्त भएकोमा ३७ करोड ३९ लाख १८ हजार चार सय तीन खर्च भइ ९० लाख १५ हजार पाँच सय २६ रुपैयाँ फिर्ता भएको छ ।
मेलौली नगरपालिकाले २७ करोड १२ लाख २५ हजार २६ रुपैयाँ अनुदान प्राप्त गरेकोमा २४ करोड ३९ लाख ५४ हजार तीन सय ८५ रुपैयाँ खर्च गरेको हो ।रु दुई करोड ७२ लाख ७० हजार छ सय ४० फिर्ता भएको छ ।
पञ्चेश्वर गाउँपालिकाबाट गत आवमा एक करोड ९८ लाख ५० हजार तीन सय ६० फिर्ता भएको छ । २० करोड २४ लाख ८८ हजार ९५ बजेटमध्ये १८ करोड २६ लाख ३७ हजार सात सय ३४ खर्च भएको जनाइएको छ ।
शिवनाथ गाउँपालिकाबाट गत आवमा तीन करोड २९ लाख ३४ हजार सात सय ५६ फिर्ता भएको छ । शिवनाथमा १८ करोड ६२ लाख ३४ हजार तीन सय ५१ बजेटमध्ये १५ करोड ३३ लाख ९४ खर्च भएको छ ।




.gif)





