images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • नेपाल विद्युत् प्राधिकरणको नाफा ६ महिनामा...

नेपाल विद्युत् प्राधिकरणको नाफा ६ महिनामा ११ अर्ब ३६ करोड

नेपाल विद्युत् प्राधिकरणको नाफा ६ महिनामा ११ अर्ब ३६ करोड

images
images
सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • काठमाडौँः नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८१।८२ को ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले साउन देखि पुसमसान्तसम्म विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको हो । 

    images
    images

    विद्युत् खरिद, प्रशासनिक र विभिन्न आयोजना लगायतमा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरेको प्राधिकरणले जनाएको छ । यस आधारमा अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३५ करोड ९२ लाख हुने अनुमान रहेको विद्युत् प्राधिकरणको भनाइ छ । जुन गत आर्थिक वर्षको ६ महिनाको तुलनामा भने घटि हो । गत आर्थिक वर्षको साउनदेखि पुसमसान्तसम्म अप्रशोधित नाफा (करकट्टी गर्नु अघि) १५ अर्ब ३६ करोड ६ लाख हुने विद्युत् प्राधिकरणको अनुमान थियो । विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको थियो । प्राधिकरणले विद्युत् खरिद, प्रशासनिक र विभिन्न आयोजना लगायतमा ५१ अर्ब ९२ करोड ७१ लाख खर्च गरेको थियो ।

    आर्थिक वर्ष २०७२।७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा रहेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०८०।८१ मा विद्युत् प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो । नाफाबाट विद्युत् प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवं सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनामा लगानी गरिरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend