images

२०८३ आश्विन १६ गते

images
images
images

नाग्म-गमगढी सडक ३ दिनपछि सुचारु

नाग्म-गमगढी सडक ३ दिनपछि सुचारु

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • मुगु।  हिमपातले  अवरुद्ध नाग्म-गमगढी सडक ३ दिनपछि बल्ल आइतबारबाट सुचारु भएको छ ।कर्णाली राजमार्ग अन्तरगत नाग्म-गमगढी सडक खण्डको सातमोड,सिप्टिचौर र बुलबुले क्षेत्रमा बाख्लो हिउँ जम्दा सडक अवरुद्ध भएको थियो ।

    images
    images

    अवरुद्ध सडकको हिउँ तथा झरेको पहिरो हटाउन शुक्रबारबाट सडक डिभिजन कार्यालय जुम्ला र नेपाली सेनाले शुरु गरेपनि आइतबार दिउँसो २ बजेमात्र सकिएकाले यो खण्डको सडकमा यातायात सुचारु भएको हो ।

    सडक सुचारु भएपछि मुगुबाट अन्य जिल्लामा जाने र मुगुतर्फ आउने मालवाहक तथा यात्रु वाहक सवारीका साधनहरु आआफ्ना गन्तव्य तिर लागेका छन् ।

    images
    images

    नेपाल कै प्रमुख गन्तव्य रारा ताल घुम्न आएका आन्तरिक पर्यटकहरु सडक अवरुद्ध हुँदा ३ दिनदेखि बुलबुलेमा बास बसेका थिए।  अब सडक सुचारु भयो रारा आउने पर्यटक,साना ठुला गाडी सबै आ-आफ्नो गन्तव्य तिर हिडि सकेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी गराए ।

    उनले भने, ‘हिउँ हटाउन सडक डिभिजनको एक्साभेटर सहितको टोलीले ३ दिनदेखि रातदिन नभनि हिउँ पन्छाउने काम गर्यो र बुलबुलेमा रहेको नेपाली सेनाले पनि सहयोग गर्दा सडक खोल्न सहज भयो ।’

    मेसिन र जनशक्ति परिचालन गरी भूलभुले, सात मोड र जिअ भिड क्षेत्रमा रहेको ४ किमि सडकको हिउँ र पहिरो हटाईएको सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले बताए ।

    कर्णाली राजमार्गको यही सडक भएर नेपालकै ठूलो ताल रारा ताल र प्रसिद्ध धार्मिक स्थलहरु छायाक्षेत्र,रिणिमोक्क्ष र थार्पमष्टा पुगिने भएकाले यो सडक सधै व्यस्त सडक मानिन्छ ।

    व्यस्त सडक हुँदा पनि नाग्म-गमगढी सडक सुधार तथा स्तरउन्नति र स्थायी समस्या समाधानतिर सरकारले ध्यान नदिँदा यो सडक हिउँदमा हिउँ र वर्षामा पानीले सधैँ अवरुद्ध यात्रुहरुले दुःख पाउँदै आएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend