images

२०८३ आश्विन २१ गते

images
images
images

वायु प्रदूषणबाट कसरी जोगाउने आँखा ?

वायु प्रदूषणबाट कसरी जोगाउने आँखा ?

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौं । प्रदूषण एक गम्भीर समस्या हो, जसलाई हामी नजरअन्दाज गर्न सक्दैनौँ। पछिल्ला वर्षहरूमा प्रदूषण उल्लेखनीय रूपमा बढिरहेको छ। हावाको प्रदूषणले मौसममा पनि असर गरेको छ भने हामी मुश्किलले ताजा हावा लिइरहेका छौँ। हावाको प्रदूषणले वातावरणलाई असर मात्र गर्दैन, यसले हाम्रो स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्छ, विशेष गरी आँखामा यसको असर चाँडो देखिन्छ।

    images
    images

    हावाको प्रदूषणले आँखालाई सुक्खापन, जलन, र लामो समयसम्म असर गर्ने समस्याहरू जस्तै मोतिबिन्दु वा ग्लाकोमा हुनसक्छ।प्रदूषित वातावरणमा आँखाको सुरक्षा गर्न यी १० उपाय अपनाउन सकिन्छ:

    चस्मा लगाउनुहोस् - बाहिर जाँदा युभी सुरक्षायुक्त चस्मा लगाएर हिड्नुहोस्।

    images
    images

    आँखा नरगड्नुहोस् - यदि आँखामा जलन वा चिलाइरहेको महशुस भए पनि त्यसलाई घोट्ने प्रयास नगर्नुहोस्। यसले संक्रमण फैलाउन सक्छ। यदि असहजता लगातार रहन्छ भने नेत्र विशेषज्ञ सँग परामर्श लिनुहोस्।

    आँखाको सरसफाइ कायम राख्नुहोस् - आँखालाई सफा राख्न सफा कपडा, वाइप्स वा सफा पानीले नियमित रूपमा धुनुहोस्।

    आइ ड्रप प्रयोग गर्नुहोस् - ओभर-द-काउन्टर लुब्रिकेटिङ आइ ड्रप प्रयोग गरेर आँखालाई ओसिलो राख्न सकिन्छ, जसले प्रदूषणका कारण हुने सुख्खापन कम गर्छ।

    घरभित्रको हावाको गुणस्तर सुधार गर्नुहोस् - घरमा एयर प्युरिफायर प्रयोग गर्नुहोस् र एलोभेरा जस्ता भित्री बोटबिरुवा राखेर हावाको गुणस्तर सुधार गर्नुहोस्।

    प्रदूषण उच्च हुँदा बाहिर ननिस्कनुहोस् -  हावामा धुलो र हानिकारक कणहरू अत्यधिक भएका बेला बाहिरको गतिविधि सीमित गर्नुहोस्।

    ह्युमिडिफायर प्रयोग गर्नुहोस् - कोठाको हावा सुक्खा भएमा ह्युमिडिफायर प्रयोग गरेर उचित ओसिलोपना  कायम राख्नुहोस्।

    पर्याप्त पानी पिउनुहोस् - प्रशस्त पानी पिउँदा शरीर हाइड्रेट रहन्छ, जसले आँखा स्वस्थ राख्न मद्दत गर्छ।

    सन्तुलित आहार अपनाउनुहोस् - भिटामिन ए, सी, र इ  युक्त खाना खानुहोस्, जसले आँखाको स्वास्थ्यलाई सुदृढ बनाउँछ र प्रदूषणका असरहरू कम गर्छ।

    आँखा विशेषज्ञसँग परामर्श लिनुहोस् - यदि तपाईंलाई आँखामा निरन्तर असहजता वा दृष्टि सम्बन्धी समस्या देखिएमा तुरुन्तै नेत्र विशेषज्ञसँग सल्लाह लिनुहोस्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend