images

२०८३ आश्विन १९ गते

images
images
images

कर्णालीका ५ जिल्लामा यातायात सेवा अवरुद्ध

कर्णालीका ५ जिल्लामा यातायात सेवा अवरुद्ध

images
images
अर्थ समाचार
मंगलवार, श्रावण ८ २०८१
अर्थ समाचार
मंगलवार, श्रावण ८ २०८१
  • सुर्खेत : कर्णालीका ५ जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ। पहिरो तथा खोला बढेका कारण यातायात सेवा अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ। 

    images
    images

    भेरी करिडोरभित्र पर्ने डोल्पाको त्रिपुरासुन्दरी–१ छलगाडमा खोला बढेका कारण यातायात सेवा ठप्प भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–५ साङलेखोलामा पहिरो कारण साना यातायातका साधनमात्र सञ्चालनमा रहेका छन्। त्रिपुरासुन्दरी–९ चुँगाडमा ट्रक फसेपछि यातायात ठप्प भएको छ। 

    भेरी करिडोरकै रुकुम पश्चिमको आठबीसकोट–६ रिजिगारमा खोला बढेपछि आवतजावत ठप्प भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। 

    images
    images

    भित्री सडकअन्तर्गतको रुकुम पश्चिमको मुसीकोट–३ माझमीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको प्रहरीको भनाई रहेको छ।

    रुकुम पश्चिमकै बाँफिकोट गाउँपालिका–३ र ४ को बीचमा रहेको छिनखेत–पिपल जोड्ने सडक खोला बढेका कारण अवरुद्ध हुँदा समस्या भएको छ। 

    कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ–१ सुनखडादेखि लालुबगरसम्म सुक्खा पहिरोका कारण यातायात अवरुद्ध भएको प्रहरीको भनाई रहेको छ। 

    कालिकोटको पचालझरना–८ लाभामा पहिरोका कारण सडक अवरुद्ध भएको छ। मुगुको छायाँनाथ रारा नगरपालिका–७ जिरो प्वाइन्ट भित्री सडकमा पहिरो आएपछि सडक अवरुद्ध भएको छ। 

    अवरुद्ध भएको ठाउँमा सडक खुलाउने प्रयास भइरहेको कर्णाली प्रदेश प्रहरी प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend