images

२०८३ आश्विन २१ गते

images
images
images
  • स्वास्थ्य
  • आविष्कार केन्द्रले मर्मत गर्‍यो अस्पतालका २४...

आविष्कार केन्द्रले मर्मत गर्‍यो अस्पतालका २४ करोडका पाँच सय उपकरण

आविष्कार केन्द्रले मर्मत गर्‍यो अस्पतालका २४ करोडका पाँच सय उपकरण

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा रहेका ठूला अस्पतालहरूमा बिग्रिएका ४८४ वटा उपकरण मर्मत गरेको छ । गत भदौमा स्वास्थ्य मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने सम्झौता गरेको थियो ।

    images
    images

    जसअनुसार उक्त केन्द्रले हालसम्म ४८४ वटा उपकरणहरू मर्मत गरेर प्रयोग गर्न उपयुक्त गराएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । ‘आविष्कार केन्द्रले हालसम्म ४८४ वटा बिग्रिएका उपकरणहरू बनाएको छ, मर्मत भएपछि अहिले ती उपकरण सञ्चालनमा समेत आइसकेको छ’‚ डा बुढाथोकीले भने ।

    विशेष गरी स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पहलमा ठूला अस्पतालमा प्रयोगविहीन अवस्थामा रहेका र प्रयोग गर्दागर्दै बिग्रिएर थन्काइएका स्वास्थ्य उपकरणहरूको मर्मत सम्भार गर्न दिने सम्झौता गरेका थिए । संघीय सरकार मातहत रहेका १७ वटा अस्पतालमा बिग्रिएर थन्किएका अथवा प्रयोगै नगरी राख्दा बिग्रेका उपकरण मर्मत सम्भारका लागि वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले अहिले मर्मत गरेको छ ।

    images
    images

    २४ करोडको लागतका उपकरण २३ लाखमा मर्मत
    सबैभन्दा महत्वपूर्ण कुरा भने आविष्कार केन्द्रले करिब २४ करोड लागत पर्ने तर अस्पतालहरूमा त्यसै थन्किएर बसेका उपकरण जम्मा २३ लाखमा मर्मत गरेको प्रवक्ता डा. बुढाथोकीको भनाइ छ । ‘२४ करोड लागत भएको स्वास्थ्य उपकरणहरू आविष्कार केन्द्रले २३ लाखमा मर्मत गरेको हो । यसले गर्दा कम खर्चमै हाम्रा अस्पतालहरूमा बिग्रिएर बसेका उपकरणहरू मर्मत गर्न सम्भव भएको हो’‚ डा. बुढाथोकीले भने ।

    केही समयअघि देशभरका ठूला अस्पतालमा के कस्ता उपकरण छन् र तिनी कति बिग्रेका छन् भनेर स्वास्थ्यसेवा विभागको व्यवस्थापन महाशाखाले एशियाली विकास बैंकको सहयोग तथा लाइफलाइन इन्टरप्राइजेजसँगको सहकार्यमा सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणले देशभरका ठूला स्वास्थ्य संस्थाका २ हजार ६४५ वटा मेडिकल उपकरण खरिद गरेर थन्किएका मात्रै होइन‚ भएका मेसिन पनि बिग्रिएर चल्दै नचलेको पाइएको देखिएको थियो ।

    जसमा मेडिकल उपकरणमा अक्सिजन कन्सेन्ट्रेटर ९७७ वटा, सिरिन्ज पम्प ३७४ वटा, इन्फ्यूजन पम्प २८५ वटा, मनिटर मल्टी प्यारामिटर २६८ वटा, बिआइपिएपी १९९ वटा, एचएफएलसी ८६ वटा, स्टेरिलाइजिङ युनिट यूवी ८२ वटा, सिपिएपी मेसिन ७५ वटा, अन्य ३४९ गरी विभिन्न प्रकारका २ हजार ६४५ वटा मेसिन रहेका थिए। यीमध्ये अधिकांश उपकरण एकपटक पनि प्रयोग नगरी बिग्रिएर थन्किएका पाइएको थियो । यसैगरी वीर अस्पताल, भरतपुर अस्पतालजस्ता, कोशी अस्पताल जस्ता ठूला संघीय अस्पतालमा ११ वटामा २० वटा सिटी स्क्यान रहेका र तीमध्ये १६ वटा सञ्चालनमा रहेको देखाएको थियो।

    यसैगरी महालेखाको ६१ औं प्रतिवेदनको ४९ औं बुँदामा उपकरण शीर्षकमा पनि कोशी अस्पतालमा उपलब्ध गराएको २१ लाख १० हजार रुपैयाँको १० थान बाइपास मेसिन र २ थान भेन्टिलेटर मेसिन, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ८६ थान डाइलासिस मेसिन रहेकामा ६१ वटा मात्रै चालू अवस्थामा रहेको उल्लेख छ।यसैगरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा हस्तान्तरण भएका ४५ थान भेन्टिलेटरसहितका उपकरण तथा खरिद गरेको अर्थोस्कोपी मेसिन र ओटी टेबललगायतका उपकरण प्रयोगमा नल्याई बिग्रिएको जनाएको थियो। अहिले आविष्कार केन्द्रले संघीय अस्पतालमा बिग्रिएका प्रायः यिनै उपकरण केन्द्रले बनाएको मन्त्रालयले जनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend