images

२०८३ आश्विन २१ गते

images
images
images
  • स्वास्थ्य
  • सखरखण्ड खानुका थुप्रै फाइदा, आँखाका लागि...

सखरखण्ड खानुका थुप्रै फाइदा, आँखाका लागि असाध्यै उपयोगी

सखरखण्ड खानुका थुप्रै फाइदा, आँखाका लागि असाध्यै उपयोगी

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौं । हाम्रो गाउँघरमा खेतबारीमा रोपिने सखरखण्ड हिउँदको समयमा फल्छ । सखरखण्डलाई चोखो खानेकुरा मानेर धार्मिक कार्यमा पनि खाने गरिन्छ । स्वाद मीठो हुने सखरखण्ड पोषक तत्वको भण्डार पनि हो । सखरखण्ड स्वास्थ्यका लागि पनि धेरै फाइदाजनक छ । आखिर के छन् त सखरखण्ड खानुका फाइदा ?

    images
    images

    –सखरखण्ड स्वादमा अलि गुलियो हुन्छ तर, यसमा अधिक मात्रामा फाइबर पाइन्छ । यसमा ग्लाइसेमिक इन्डेक्स कम भएकाले मधुमेहका बिरामीहरूले पनि खान सक्छन् । सखरखण्ड खानाले तुरुन्तै रगतमा चिनीको मात्रा बढ्दैन र शरीरलाई ऊर्जा प्राप्त गर्न मद्दत गर्दछ ।

    –सखरखण्डमा भरपूर फाइबर, भिटामिन ए, सी र बी ६ पाइन्छ । साथै, पोटासियम र म्यागनिजजस्ता खनिज पनि पाइन्छ । सखरखण्डबाट विभिन्न प्रकारका परिकारहरू पनि बनाइन्छ ।

    images
    images

    –सखरखण्डले तौल घटाउनमा पनि मद्दत गर्दछ । तपाईं यसलाई तौल घटाउने डाइटमा समावेश गर्न सक्नुहुन्छ । सखरखण्ड खानाले शरीरको रोग प्रतिरोधी क्षमता बलियो बनाउँछ । यसमा पाइने भिटामिन सी र ई ले तपाईंको छालालाई स्वस्थ राख्न र कोलेजनको उत्पादन बढाउन मद्दत गर्दछ ।

    –चिसोको समयमा तपाईंले हरेक दिन एक सखरखण्ड खाँदा शरीरलाई आवश्यक भिटामिन र पोषक तत्वहरू प्राप्त हुनेछन् ।

    –सखरखण्डमा एन्टीअक्सिडेन्ट राम्रो मात्रामा पाइन्छ, जसले छालालाई जवान राख्न मद्दत गर्दछ । यसले छालालाई फ्री–रेडिकल्सबाट हुने क्षति बाट जोगाउँछ ।

    –सखरखण्डले धेरै पुराना रोगहरूलाई पनि सुधार गर्न मद्दत गर्दछ ।

    –सखरखण्डमा भिटामिन ए राम्रो मात्रामा पाइन्छ, जुन आँखा स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । यसमा बिटा–क्यारोटिन पाइन्छ, जसले तनाव कम गर्न मद्दत गर्दछ । यो पाचन सुधार गर्न र रक्तचाप नियन्त्रण गर्न पनि लाभदायक छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend