images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • फागुन २२ गते संसदमा अध्यादेश पेश...

फागुन २२ गते संसदमा अध्यादेश पेश गर्ने सत्तापक्षको तयारी

फागुन २२ गते संसदमा अध्यादेश पेश गर्ने सत्तापक्षको तयारी

images
images
शनिवार, फाल्गुण १७ २०८१
शनिवार, फाल्गुण १७ २०८१
  • काठमाडौंः राष्ट्रिय सभामा बहुमत नपुगेर रोकिएको अध्यादेश फागुन २२ गते संसदमा निर्णयार्थ पेश गर्ने सत्तापक्षले तयारी गरेको छ । शुक्रबार बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले फागुन २२ गतेभित्र संसदमा पेश गरिएका अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णय गरेको हो ।

    images
    images

    बैठकले सत्तारुढ लोसपा र जसपालाई पनि अध्यादेश पारित गर्नका लागि सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको छ । राष्ट्रियसभामा कांग्रेस र एमाले सँग बहुमत छैन । राष्ट्रियसभामा तीन सीट रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र एक सीट रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी खासगरी भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिँदा सत्तारुढ दललाई अप्ठ्यारो परेको छ ।

    राष्ट्रिय सभामा सत्तारूढ कांग्रेसका १६, एमालेका १० र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका १ सांसद छन् । राष्ट्रपतिबाट मनोनित अञ्जान शाक्यले सत्तारूढलाई साथ दिँदा अध्यादेशको पक्षमा २८ मत हुन्छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend