images

२०८३ आश्विन १९ गते

images
images
images
  • पूर्वाधार
  • आवश्यकता र औचित्यपूर्ण आयोजनालाई प्राथमिकताः मन्त्री...

आवश्यकता र औचित्यपूर्ण आयोजनालाई प्राथमिकताः मन्त्री देवेन्द्र दाहाल

आवश्यकता र औचित्यपूर्ण आयोजनालाई प्राथमिकताः मन्त्री देवेन्द्र दाहाल

images
images
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • नुवाकोटः १६ फागुन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आगामी बजेटमा आवश्यकता र औचित्यपूर्ण आयोजनाहरु लाई प्राथमिकता दिने बताउनु भएको छ ।

    images
    images

    अन्तरदेशिय पहुंच स्थापति गर्ने, बढ़ी जनसंख्यालाई लाभ हुने, गाऊ र शहर जोड़ने तथा उत्पादन र बजारलाई जोड़ने योजना तथा आयोजनहरू प्राथमिकतामा रहने उहाको भनाई छ।

    शुक्रवार नुवाकोटमा एकै दिन दुई ओटा मोटरेबल पुलकों उद्घाटन पछि विदुर नगरपालिकाको त्रिशूली बजारमा आयोजित कार्यक्रममा ऊहाले योजना माग गर्ने चरणमा पनि प्राथमिकताका आधारमा माग गर्न उहाले आग्रह गर्नु भयो ।

    images
    images

    निर्माण कार्यमा हुने ढिलासुस्ती र गुणस्तरहिनता मान्य नहुने उल्लेख गर्दै मंत्री दहालले तिनै तहका सरकार र नागरिकको सहकार्यलेनै समृद्धिको यात्रा अघी बढ़ाउन सकिने बताऊनु भयो ।

    गल्छी(मैलूं)श्याफ्रूवेशी सड़क, पासांगल्यामू राजमार्ग, मध्य पहाड़ी राजमार्ग जस्ता दीर्घकालीन महत्वका योजना सरकारको उच्च प्राथमिकतामा रहेको जानउदै ऊहाले अहिले देश भरीनै तीव्र गतिमा निर्माण कार्य भई रहेको बताउनु भयो ।

    अहिलेको सरकार काम गर्न र समृद्धिको यात्रा अघी बढ़ाउन गठन भएको जानाउदै उहाले अहिलेको सरकारलाई काम नगर्न छूट नभएको समेत बताउनु भयो । विकाशलाई समृद्धिसंग जोड़ेर लेजान जरूरी रहेको बताउनु भएका दहालले विकासकों प्रभाव नागरिकको जीवनमा देखिनु पर्नेमा जोड़ दिनू भयो ।

    कार्यक्रममा मंत्रालयका सचिव केशवकुमार शर्मा, सड़क विभागका महानिर्देशक रामहरि पोखरेल, पुल महाशाखा प्रमुख ललीजन खनाल लगायतका अधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नुवाकोटका नेताहरुले जिल्लमा अधूरा रहेका योजनाहरुलाई गति दिन माग गरेका थिए ।

    मन्त्रालय मार्फत सिमचौर तथा त्रिशूली बजार स्थित त्रिशूली नदीमा निर्माण गरिएको पलकों मन्त्री दहालले उद्घाटन गर्नु भएको हो । निर्धारित समय अघिनै काम पूरा गरेको जनाउदै निर्माण कम्पनी लाई सम्मान पनि गरिएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend