images

२०८३ आश्विन २१ गते

images
images
images

रारामा बाक्लाे हिमपात, पर्यटक उत्साहित

रारामा बाक्लाे हिमपात, पर्यटक उत्साहित

images
images
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • मुगु – रारा क्षेत्रमा हिमपात भएको छ। पछिल्ला केही दिनदेखि निरन्तर जारी हिउँदे वर्षासँगै रारा ताल वरपर बाक्लो हिमपात भएको हो। बिहीबार रातिदेखि वर्षासँगै हिमपात भएको हो। हिउँ खेल्ने र हिउँसँग रमाउने रारा आएका पर्यटकलाई हिमपातले उत्साहित बनाएको छ।

    images
    images

    स्थानीयबासीका अनुसार, हिमपातका कारण जनजीवन प्रभावित भएको छ। विशेष गरी, यात्रुहरूलाई कठिनाइ भएको छ भने चिसोका कारण जनावरसमेत प्रभावित भएका छन्।

    यस वर्षको हिमपातले पर्यटक आगमनमा केही सामान्यअसर पारेको भए पनि, रारा तालको प्राकृतिक सौन्दर्य अझै मनमोहक देखिएको छ। हाल हिमपात जारी भएसँगै राराको सेताम्य दृश्यले पर्यटक तथा फोटो खिच्ने पारखीलाई आकर्षित गरिरहेको छ।
    जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend